‘महानगरलाई सकुमबासीमुक्त बनाउँछौं’

‘महानगरलाई सकुमबासीमुक्त बनाउँछौं’

भरतपुर । नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर तर उपमेयरले भरतपुर महानगरलाई सकुम्वासी मुक्त महानगर घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा विभिन्न वडा तथा टोलावासीहरुलाई सम्बोधन गर्दै उनीहरुले महानगरलाई स्मार्ट सिटी बनाई राख्दा सुकुमबासी समस्या हल नगरेसम्म स्मार्ट सिटी नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुमबासीमुक्त महानगर घोषण गर्ने दाबी गरेका हुन् । सो अवसरमा बोल्दै मेयर पदकी उम्मेदवार रेणु दाहालले कांग्रेस माओवादीको विचार र एजेण्डा यतिबेला मिलेकोले त्यसरी नै दुई दलले देखेको आधारमा माहानगरको विकासलाई दु्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै सभामा उपमेयरकी उम्मेदवार पार्वती शाहले आफूहरु विजयी भएसगैँ हरेक नागरिकले आफ्नो जग्गासहितको आवासमा बस्न पाउने बताइन् । साथै उनले जिल्लालाई नै आफूहरुले मिलेर सुकुमबासीमुक्त जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

The post ‘महानगरलाई सकुमबासीमुक्त बनाउँछौं’ appeared first on चितवन पोष्ट.