राप्रपाको घरदैलो र सभा

राप्रपाको घरदैलो र सभा

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्ननगर नगरपालिकामा घरदैलो र कोणसभा गरेको छ ।
स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको लागि मेयर पदका उम्मेदवार गोविन्दप्रसाद अधिकारी र उपमेयर पदका उम्मेदवार उर्मिला पासवानसहित वडा नं.१०, ११ र १२ मा घरदैलो र कोणसभा गरिएको राप्रपाका क्षेत्रीय सचिव हरिशरण भट्टराईले जानकारी दिए । कोणसभामा मेयर पदका उम्मेदवार अधिकारीले विकास निर्माण र विधिको शासन स्थापित गर्न राप्रपालाई मतदान गर्न आग्रह गरे । उपमेयर पदकी उम्मेदवार उर्मिला पासवानले सुकुमबासी समस्या सामधानको लागि आफूले उम्मेदवारी दिएको बताइन् ।

The post राप्रपाको घरदैलो र सभा appeared first on चितवन पोष्ट.