विकासको लागि काग्रेसलाइ भोट- महामन्त्रि कोइराला

ccccccccccबिबेक भण्डारी २७ ,बैशाख ३१ गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेपालको सबै स्थानमा नेपाली कग्रेसले बहुमतले जित्ने नेपाली कग्रेसका महामान्त्री डक्टर शशाक कोइरालाले दावि गर्नुभएको छ । नवलपरासीको प्रदेश नम्बर ४ मा रहेको देवचुलि वडा नम्बर २ र ६ मा भएको चुनावी सभालाइ सम्बोधन गर्नुहुदै ससद डा. कोइरालाले यस्तो बताउनुभएको हो । कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ का सासद समेत रहनु भएका महामन्त्री डां शशाका कोइराला प्रमुख अतिथी रहनुभएको थियो । यसैगरी विशेष अतिथीमा केन्द्रीय सदस्य कृष्ण चन्द्र नोपली, पुर्व सभासद महेन्द्रध्वज जिसी, लगाएत देवचुलि नगरपालिकाका नेपाली काग्रेसका कार्यकताहरुको उल्लेखनिय उपस्थीति रहेको थियो । देवचुलि नगरपालिकाबाट मेयर तथा उपमेयरका उमेदवार पुर्णकुमार श्रेष्ठ र लक्ष्मी बास्ताकोटिको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे मेयर उमेदवार पुर्णकुमार श्रेष्ठले अब देवचुलि नरको विकास गर्ने हो भने नेपाली काग्रेसले जित्न आवस्यक रहेको बताउनुभयो । उमेदवार श्रेष्ठले देवचुलि नगरपालिका ६ शान्ति गैरामा रहेको सुकुम्बासी बस्तीलाई त्यहा रहेका बासिन्दालाई पुर्जा प्रदान गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै उप मेयर लक्ष्मी बस्ताकोटिले नगरको समग्र विकासमा आफ्नो भुमिका रहने हुदा अबको चुनावमा नेपालि काग्रेसले बिजय हासिल गर्न आवस्यक रहेको बताउनुभयो ।