‘स्वास्थ्यमा विशेष  जोड दिन्छु’

‘स्वास्थ्यमा विशेष जोड दिन्छु’

भरतपुर । भरतपुर वडा नं. २ का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका यज्ञप्रसाद घिमिरेले आफू विजयी भए स्वास्थ्यमा विशेष जोड दिने बताए ।
उनले वडा नं. २ को घरदैलो कार्यक्रममा मतदाताहरुसँग आफू विजयी भए वडा नं. २ लाई महानगरको नमुना वडा बनाउने बताए । उनले पक्षघातका बिरामीको लागि छुट्टै अस्पताल निर्माण गर्ने पनि भनाइ थियो । उनले भने, ‘नेपाल ट्रसको जमिनमा सामूहिक कार्य गरी विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा टेवा पु¥याउने योजना छ ।’ उनले नारायणगढमा रहेको अव्यवस्थित बजारलाई आंशिकरुपमा क्षेत्रपुरमा स्थानान्तरण गर्ने खाका पनि आफूसँग रहेको बताए ।
आफू विजयी भए उनले नारायणगढको तरकारी मण्डीलाई व्यवस्थित पार्ने, क्याम्पाचौरमा राष्ट्रियस्तरको स्टुडियम बनाउने, संघीयताको मोडलअनुसार विकास गर्नेलगायतका कामहरु पनि गर्ने बताए । व्यवस्थित सडक र ढलको राम्रो व्यवस्था गर्ने उनले बताए । पुङ्गी खोलाको नक्साङ्कन गरी व्यवस्थित बनाउने उनको भनाइ थियो ।

The post ‘स्वास्थ्यमा विशेष जोड दिन्छु’ appeared first on चितवन पोष्ट.