एक वर्ष भित्र सुकुमबासीलाई लालपुर्जा : नेता पाण्डे

एक वर्ष भित्र सुकुमबासीलाई लालपुर्जा : नेता पाण्डे

रत्ननगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एक वर्ष भित्र भूमिहीन तथा सुकुमबासीहरुलाई लालपुर्जा वितरण गर्ने बताएका छन् ।
निर्वाचन प्रचारप्रसारको लागि रत्ननगर–१३ जयमंगलामा आयोजित चुनावी सभामा बोल्दै नेता पाण्डेले एमालेले निर्वाचन जिते एक वर्ष भित्र सबै सुकुमबासीको हातमा लालपुर्जा पर्ने बताए । २०५१ सालमा एमालेको नेतृत्वमा बनेको सरकारले मुलुकका ६० हजार भूमिहीनलाई लालपुर्जा वितरण गरेको स्मरण गराउँदै नेता पाण्डेले स्थानीय तहको निर्वाचनको लगतै गाउँपालिका, नगरपालिकाबाट लालपुर्जा वितरणको काम सुरू गर्ने बताए । ‘अब कोही भूमिहीन भएर बस्नु पर्दैन’ उनले भने, ‘एमालेले सबैलाई लालपुर्जा दिन्छ । उनले देश बनाउन र जोगाउन पनि एमालेको जित आवश्यक रहेको बताए । पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पाण्डेले १० वर्ष भित्र प्रतिव्यक्ति आय साढे ६ लाख र २० वर्ष भित्र प्रतिव्यक्ति आय २० लाख पु¥याउने बताए । कुल बजेटको २० प्रतिशत रकम शिक्षामा खर्च गर्ने र त्यसको पनि ५० प्रतिशत रकम प्रविधिक शिक्षामा लगानी गर्ने योजना एमालेले बनाएको बताए । उनले एमालेले निर्वाचन जिते सामाजिक सुरक्षा भत्ता बढाएर मासिक पाँच हजार पु¥याउने घोषणा गरे ।

The post एक वर्ष भित्र सुकुमबासीलाई लालपुर्जा : नेता पाण्डे appeared first on चितवन पोष्ट.