कांग्रेसको मोटरसाइकल ¥याली र चुवानी सभा

कांग्रेसको मोटरसाइकल ¥याली र चुवानी सभा

रत्ननगर । स्थानीय तह निर्वाचनको प्रचार प्रसारको लागि नेपाली कांग्रेसले रत्ननगरका विभिन्न ठाउँमा मोटरसाइकल ¥याली र चुनावी सभा गरेको छ ।
कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठसहित मेयर पदका उम्मेदवार रुपनराज घिमिरे, उपमेयर पदका उम्मेदवार नीता ढकाललगायत नेता तथा कार्यकर्ताको सहभागितामा मोटरसाइकल ¥याली, चुनावी सभा र घरदैलो गरिएको निर्वाचन परिचालन समितिका संयोजक माधव अर्यालले जानकारी दिए । ¥यालीपछि आयोजित सभामा जिल्ला सभापति श्रेष्ठले हरेक प्रकारका संकटमोचनका लागि कांग्रेसको आवश्यकता रहेको बताए ।
श्रेष्ठले राष्ट्रका हरेक समस्या समाधानका लागि कांग्रेसको आवश्यकता रहेको भन्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनका लागि आग्रह गरे । वडा नम्बर ५ मा आयोजित सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले कांग्रेस बिनाको कुनै व्यवस्था परिकल्पना गर्न नसकिने बताए । सोही अवसरमा बोल्दै व्यवस्थापिका सांसद सदस्य शेषनाथ अधिकारीले विचार हाम्रो जित्न मान्छे हाम्रो हार्ने हुन नहुने भन्दै कांग्रेसका उम्मेदवारहरुको विजयले जनताले चाहेको विकास सम्भव हुने बताए । अहिले कांग्रेसको सहभागितमा सरकार रहेका कारण निर्वाचन सम्भव रहेको भन्दै उनले हरेक समस्या समाधानका लागि र समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । सोही अवसरमा नेपाली कांग्रेसका तर्फबाट रत्ननगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदका प्रत्यासी रूपनराज घिमिरे र नीता ढकालले जनताको भावना मिचेर कहिल्यै काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यसैगरी रत्ननगर नगरपालिका वडा नम्बर २, १६,१,३ लगायतका वडाहरुमा नगर प्रमुख र उपप्रमुखसहितको घरदैलो, चुनावी सभा र मोटरसाइकल ¥यालीलगायतका कार्यक्रम भएको छ । निर्वाचनकै प्रचारप्रसारका क्रममा रत्ननगरमा महिला परिचालन समितिले अगुवा महिलाहरुको भेला सम्पन्न गरेको छ । भेलाले कांग्रेस समूहको विजयका लागि गाउँ तहसम्मका महिलाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

The post कांग्रेसको मोटरसाइकल ¥याली र चुवानी सभा appeared first on चितवन पोष्ट.