किन राखिदै छ बम, उम्मेदवारका घरघरमा

किन राखिदै छ बम, उम्मेदवारका घरघरमा

  गैँडाकोट । चुनाव नजिकिएसंगै माओवादी केन्द्रका उम्मेदवारका घरघरमा बम भेटिएको र डिष्पोज गरिएका खबर आउन थालेका छन् । किन माओवादी केन्द्रका उम्मेदवारका घरघरमा बम राख्न थालिएको छ । यी घटनाले चुनावी सुरक्षामा चुनौती थपिएको छ । गैँडाकोट नगरपालिकाका माओवादी केन्द्रका मेयर पदका उम्मेदवार दुर्गादत्त ढुंगानाको घरमा बम भेटिएको छ । दिउँसो १२ बजे बालबालिकाले खेलाउँदै गरेको अवस्थामा भेटीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब १ बजे तिर डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गँैडाकोटका प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ । ब्रजदल गण भेडाबारीले डिस्पोट गरेको हमालले बताउनुभयो । नवलपरासीको कावासोती नगरपालिकाको प्रमुख पदका उम्मेदवारको घरमा बम भेटीएको छ । माओवादी केन्द्रका डासीराम बस्यालको कावासोती १७ स्थित घरको बरण्डामा बुधबार राती अज्ञात समुहले सकेट बम राखेको प्रहरीले जनाएको छ । घरका परिवारले विहान शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बमलाई सेनाको बज्रदल गणका ेडिस्पोजल टोलीले निष्कृय पारेको छ । बस्याललाई उम्मेदवारी फिर्ता लिन भन्दै केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीले पत्र काटेको थियो । यसअघि मंगलवार राती मध्यविन्दु नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार भिमलाल अधिकारीको घरको गेटमा समेत विष्फोटक पदार्थ भेटीएको थियो । 2073-01-28   1:14 PM