गैँडाकोटमा माओवादी केन्द्रका मेयरका उम्मेद्वारको घरमा बम भेटियो

गैँडाकोटमा माओवादी केन्द्रका मेयरका उम्मेद्वारको घरमा बम भेटियो

गैँडाकोट । बिहीबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा गैँडाकोटमा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त ढुंगानको घरनजिक डुडुम्मको आवाज आयो । त्यो आवाज थियो अज्ञात समूहले राखेको बमलाई डिस्पोज गर्दै गर्दाको । भेडाबारीको बज्रगणदलले डिस्पोज गर्दै थियो । दिउँसो १२ बजे बालबालिकाले खेलाउँदै गरको बम स्थानीय युवा विशाल पराजुलीले शंकास्पद बस्तु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबरको केही समयमै इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा ( विजय चोक गैँडाकोट ८) पुग्यो । इलाका प्रमुख सुवास हमालको नेतृत्वको टोलीले सकेट बमको आंशका गरेपछि बज्रदल गण भेडाबारीलाई डिस्पोजका लागि बोलाएको थियो । टोलीले केही बेरमा नै आएर बमलाई उम्मेदवारको घर देखि ५० मिटर दक्षिण तर्फको बारीमा लगेर डिस्पोज गरेको हो । माओवादी केन्द्रका नवलपुर क्षेत्रका सहइन्चार्ज धनप्रसाद सापकोटाले सुनियोजित रुपमा बम राखिएको बताएका छन् । उनले चुनाव विथोल्न र माओवादी केन्द्रलाई विफल बनाउन सक्रिय तत्वले बम राखेको भन्दै अनुषन्धानका लागि माग गरेका छन् । उम्मेदवार दुर्गादत्त ढुंगाना चुनावी प्रचारका लागि घर बाहीर रहेका बेला बम फेला परेको हो । खबर पाउनासाथ घर आएका ढुंगानाले आफू र परिवारमाथिको जुनसुकै बेला आक्रमण हुने भन्दै सुरक्षाका लागि अपिल गरेका छन् । प्रहरीले समयमै खबर भएकाले ठूलो दुर्घटना हुन नपाएको बताएको छ । 2073-01-28 1;34 PM