गैँडाकोट १ को वडाअध्यक्षमा प्रमुख तीन दलबीच प्रतिष्पर्धा

गैँडाकोट १ को वडाअध्यक्षमा प्रमुख तीन दलबीच प्रतिष्पर्धा

  गैँडाकोट । गैँडाकोट नगरपालिकाको वाड नं. १ को वडा अध्यक्षका लागि प्रमुख तीन दलबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । वाड नं. १ को अध्यक्षका लागि सात जना चुनावी मैदानमा रहेका छन् । केही राजनीनिक जानकारका अनुसार काँग्रेस र एमालेबीच नै बढी प्रतिष्पर्धा हुने देखिएको छ । एमालेले राप्रपा र जनमोर्चासंग गठबन्धन गरी संयुक्त उम्मेदवारी प्रस्तुत गरेको छ ।   प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादी चुनावी प्रचारमा व्यस्त रहेका छन् । नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद सापकोटाले गैँडाकोट १ को विकासका लागि दीर्घकालिन योजनाका साथमा अन्य विकासका योजना अघि सार्ने बताउनुभएको छ । गैँडाकोट १ मा चक्रपथ निर्माणलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।   यसैगरी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी राधादेवी लामिछानेले गैँडाकोटको आर्थिक, सामाजिक, धार्मिक सबै क्षेत्रको विकास लागि प्राविधिक रुपमा योजना बनाउने बताउनुभएको छ । लामिछानेले वडा बासीका तत्कालका समस्या र दीर्घकालिन योजना अघि बढाउने बताउनुभयो । यसैगरी माओवादी केन्द्रका उम्मेदवार देवकी मिश्र पौडेलले पनि गैँडाकोटको विकासका लागि पर्यटन र कृषि क्षेत्रलाई विशेष पहलका साथ अघि बढाउने योजना बनाउनु भएको केन्द्रका नेता पोषणराज सुवेदीले बताउनुभयो । प्रमुख तीन दलको उम्मेदवारी बाहेक गैँडाकोट १ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट चेतबहादुर सारु, संघीय समाजवादी फोरम नेपालबाट भीमबहादुर बीक, स्वतन्त्र उम्मेदवार तर्फ टीकाराम काफ्ले र सुशील रानाभाट रहेका छन् ।