छुट्टाछुट्टै दुर्घटनामा  दुईको मृत्यु एक बेपत्ता

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु एक बेपत्ता

इच्छाकामना । इच्छाकामना गाउँपालिका–४ लेवटार भन्ने स्थानमा काठमाडौंबाट हेटौंडातर्फ जान लागेको ना५ख ९९४६ नम्बरको ट्रक आँफैं अनियन्त्रित भई त्रिशूली नदीको किनारमा खस्दा एक जनाको मृत्यु भएको छ ।
ट्रकमा सवार तीन जना मध्ये दुई जनालाई उद्धार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाएकोमा हेटौंडा नगरपालिका–१४ बस्ने वर्ष २२ को सुरज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक सोही स्थान बस्ने वर्ष २२ को सोनाम लामाको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही स्थान बस्ने निशान लामा अझै फेला नपरेको हुँदा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ मा चोरमारा कोल्हुवा भित्री सडक खण्डमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ना ३ ख १२०७ नम्बरको ट्रिपरले ना ४४ प ३००० नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार रुपन्देहीको खैरहनी बस्ने ७४ वर्षकी तुलसा भुर्तेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । स्कुटी चालक मध्यबिन्दु ७ बस्ने ४४ वर्षका छविलाल भुर्तेल घाइते भएका छन् । उनका प्राथमिक स्वास्थ्य केन्द्र चोरामारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

The post छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु एक बेपत्ता appeared first on चितवन पोष्ट.