निर्वाचन पर्यवेक्षकहरु मतदान केन्द्रमा खटिए

निर्वाचन पर्यवेक्षकहरु मतदान केन्द्रमा खटिए

भरतपुर । नेपाल निर्वाचन पर्यवेक्षण समिति (नियोक) चितवनले चितवनका विभिन्न निर्वाचन केन्द्रमा बुधबारबाट निर्वाचन पर्यवेक्षकहरु खटाएको छ ।
नियोक चितवनले एक दिने अभिमुखीकरण तालिम दिएर ३१ जना निर्वाचन पर्यवेक्षकलाई कार्यक्षेत्रमा खटाएको हो । पर्यवेक्षकहरुलाई नियोक चितवनका पदाधिकारीहरु दीपकबाबु श्रेष्ठ र शान्ति अधिकारीले नियोकको लोगो अंकित ज्याकेट हस्तान्तरण गरेर मतदान केन्द्रमा पठाएका हुन् ।
नियोक चितवनका संयोजक बालकृष्ण पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नियोकका सदस्य तथा पत्रकार महासंघका पूर्वअध्यक्ष कृष्ण गिरीले निर्वाचन पर्यवेक्षण गर्दा ध्यान दिनुपर्ने विषयको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत हरि ढकाल र बार एशोसिएसन चितवनका सचिव राजेन्द्र सिलवालले मन्तव्य राखेका थिए ।

The post निर्वाचन पर्यवेक्षकहरु मतदान केन्द्रमा खटिए appeared first on चितवन पोष्ट.