‘बेलटाँडीको ढल र पिच बनाउने जिम्मा मेरो’

‘बेलटाँडीको ढल र पिच बनाउने जिम्मा मेरो’

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेद्वार एवम् नेपाल लोकतान्त्रिक पार्टी (फोरम)की केन्द्रीय सदस्य निरू कार्कीले नारायणगढको बेलटाँडीको ढल र पिच निर्माण आफू उपमेयरमा विजयी भएपश्चात तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार घरदैलो कार्यक्रममा स्थानीयबासीहरुले ढल र पिच सडकको समस्या राखेपछि उपमेयरकी उम्मेद्वार कार्कीले सो प्रतिबद्धता जनाइन् । स्थानीयबासीले धेरै पटक अन्य पार्टीका नेताहरुले यसबारे चासो देखाए पनि अहिले सम्म कसैले ठोस काम नगरेपछि कार्कीको आश गरेका हुन् । उनीहरुले उपमेयरमा कार्कीलाई जिताउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको विकासमा कार्कीको योगदान महत्वपूर्ण हुने जनाएका छन् । उपमेयरकी उम्मेद्वार कार्कीले आफू भरतपुर महानगरको समग्र विकासका लागि नै उम्मेद्वारी दिएको बताउँदै जित र हार गौणकुरा भएकोले यहाँको विकासका लागि आफू सदैव तयार रहेको बताइन् ।
उम्मेद्वार कार्की बुधबार सुकुमबासी क्षेत्र केवी, रामनगर, ठिमुरा, देवघाट, बाह्रघरे, बर्मेली क्याम्पलगायतको स्थलमा घरदैलो गर्दै मत मागेकी थिइन् ।
घरदैलो कार्यक्रममा विद्यार्थी नेता ऋषिकेस सिंहको नेतृत्वमा मोटरसाइकल ¥याली निस्किएको थियो ।

The post ‘बेलटाँडीको ढल र पिच बनाउने जिम्मा मेरो’ appeared first on चितवन पोष्ट.