माओवादी केन्द्रको घरदैलो तथा कोणसभा

माओवादी केन्द्रको घरदैलो तथा कोणसभा

रत्ननगर । स्थानीय तह निर्वाचन प्रचारप्रसारको लागि माओवादी केन्द्रले रत्ननगरमा बुधबार घरदैलो तथा कोणसभा गरेको छ ।
मेयर पदका उम्मेदवार पूर्ण अम्गाई ‘सुवोध’ र उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईसहित नेता तथा कार्यकर्ताले वडा नं २, ९ र १० मा घरदैलो गरी भोट मागेका हुन् । कोणसभामा मेयर पदका उम्मेदवार ‘सुवोध’ ले रत्ननगरका नगरबासीलाई अधिकार सम्पन्न बनाउन आफूले उम्मेदवार दिएको बताए । नगरबासीलाई सामाजिक न्याय दिलाउन तथा शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, सिंचाइलगायतका क्षेत्रमा विकास गर्नको लागि माओवादी केन्द्रलाई विजयी गराउनु पर्ने दाबी गरे । सो अवसरमा बोल्दै उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईले नगरको उज्जवल भविष्यको लागि माओवादी केन्द्रलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरिन् । माओवादी केन्द्रको विजय पश्चात नगरमा विकास निर्माणले फड्को मार्ने उनले बताइन् ।
कार्यक्रममा नगर इन्चार्ज कञ्चन खनाल, केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पन्त, वाईसीएलका प्रकाश पराजुली, वडा नं २ का वडा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार मेघनाथ पौडेल, वडा नं. १० का ज्ञानेन्द्रराज पाण्डेलगायतले मन्तव्य राखेका थिए । यता रत्ननगरको वडा नं १ र २ मा माओवादी केन्द्रले चुनाव प्रचारप्रसारको लागि मोटरसाइकल ¥याली निकालेको छ । ३ सय बढी मोटरसाइकलले वडाका बकुलहर, भक्तिनी बगैचा, विर्ता, टाँडी, अनामनगर चोकलगायतका स्थानमा परिक्रमा गरेको थियो । वडा नं १ का वडा अध्क्षका उम्मेदवार गणेश पौडेल र वडा नं २ का वडा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको मोटरसाइकल ¥याली तथा घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरु, वडाका नेता एवम् सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारहरुले बुधबार पनि आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । माओवादी केन्द्रका १ देखि १६ वडाका वडा अध्यक्षहरुले घरदैलो गरी जनतासँग भोट मागेका छन् ।

The post माओवादी केन्द्रको घरदैलो तथा कोणसभा appeared first on चितवन पोष्ट.