लोकतान्त्रिक गणतन्त्र बचाउन  काग्रेस–माओवादी एकता : खाँड

लोकतान्त्रिक गणतन्त्र बचाउन काग्रेस–माओवादी एकता : खाँड

बसन्त पराजुली
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँडले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै जारी संविधान कार्यान्वनका लागि कांग्रेस –माओवादी केन्द्रबीच चुनावी एकता गर्नुपरेको बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस माओवादीकै अथक प्रयासपछि प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पार्ने काम भएकाले त्यसका विरुद्धमा दुई पार्टीबीचको चुनावी एकता जरूरी रहेको स्पष्ट पारे । ‘हाम्रा नेता गिरिजा बाबु र प्रचण्ड जी ले नै १२ बुँदे सम्झौता गर्दै शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउनु भएको हो । देशमा गणतन्त्र स्थापना हँुदै अहिले मुलुकमा नयाँ संविधान जारी भई सकेको अवस्था छ’ उनले पत्रकारहरु सँग भने, ‘अहिले ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधिहरुले बनाएको संविधान कार्यान्वन गर्ने बेलामा लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिहरु चलायमान हुन थालेका कारणसमेत त्यसलाई रोक्नका लागि अहिले कांग्रेस माओवादीको एकता आवश्यक ठहरिएको हो ।’
‘हामी दुई दलबीचको सहमति अनुसार पोखरा, भरतपुर र हेटौडामा चुनावी एकता गरेका छौ’, असन्तुष्ट आफ्ना कार्यकर्ताहरुलाई सम्झाउँदै खाँडले थपे । ‘पोखरा र हेटांैडामा माओवादीले हाम्रा मेयरका उमेदवारलाई भोट दिन्छन् भने हामी उनीहरुको उपमेयरलाई सहयोग गर्छौ’ उनले प्रष्ट पारे,‘ भरतपुरमा हामीले माओवादीका उमेदवारलाई मेयरमा भोट हाल्छौं भने उपमेयरमा उनीहरुले हामीलाई सहयोग गर्छन् ।’
उनले पार्टी केन्द्रीय नेतृत्वले गरेको यो निर्णयमा कांग्रेस चितवनमा असन्तुष्टि बढेको स्वीकार्दै कार्यकर्र्ताको भावनामा ठेस पुगे पनि उनीहरुले पार्टी निर्णय कार्यान्वन गर्ने दाबी गरे । ‘कतिपय अवस्थामा पार्टी केन्द्रीय समितिले अप्रिय निर्णय गर्दै गर्दा पनि चितवनका कांग्रेस जनले त्यसलाई बुझेर निर्णय कार्यान्वयन गरेका उदाहरणहरु धेरै छन् त्यसैले समय र परिस्थितिको मूल्यांकन गर्दै पार्टी केन्द्रको निर्णय अनुसार भरतपुरमा कांग्रेस जनले मेयरमा माओवादी केन्द्रका उमेदवार रेणु दाहाललाई सहयोग गर्ने छन् ।’
कांग्रेसले भरतपुरमा माओवादी केन्द्रसँग चुनावी एकता गरेकोले असन्तुष्टि जनाइरहेका बेला नेता खाँड कांग्रेस कार्यकर्तालाई सम्झाउन चितवन आएका हुन् । चितवन रहँदा उनले काग्रेस भित्रको आन्तरिक छलफललाई तीव्रता दिँदै कांग्रेस माओवादी बीचको चुनावी एकतालाई बलियो बनाएर छाड्ने विश्वास कांग्रेस कार्यकर्ताले गरेका छन् ।
सेना सुरक्षाका लागि सक्षम
रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेना स्थानीय तह निर्वाचनको बाहिरी घेरामा रहेर सुरक्षा दिन सक्षम रहेको बताएका छन् ।
मन्त्री खाँडले विगतका निर्वाचनहरुको अनुभवलाई लिएर पनि सेना सुरक्षाका लागि सक्षम भएको बताएका हुन् । ‘नेपाली सेना हाम्रै दाज्युभाइ हुन् । विगतका हरेक निर्वाचनमा सेनाले दिएको सुरक्षा अब्वल देखिएको छ । अहिले हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन केन्द्रको बाहिरी घेरामा रहेर मतदाता, उमेदवार अनि मतदान केन्द्र र त्यहाँ खटिएका कर्मचारीको सुरक्षा दिन सेना सक्षम छन्’, पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै उनले भने । उनले निर्वाचनका बेला संविधान विपरीत काम जो कोहीले गर्न खोजे पनि त्यो सेनाले रोक्ने बताए ।
‘निर्वाचन विरोधी काम होस वा संविधान विपरीत काम कसैले ग¥यो वा विष्फोटक पदार्थ तथा हातहतियार कसैले प्रयोग गरेको पाइयो भने बाहिरी घेरामा रहेर नै सेनाले त्यसको नियन्त्रण गर्ने छ’, उनको थप कथन थियो, ‘नेपाली सेना राष्ट्रको गौरव हो । राष्ट्रलाई चाहिएका बेला देशको सुरक्षा गर्न सेना सक्षम छ ।’

The post लोकतान्त्रिक गणतन्त्र बचाउन काग्रेस–माओवादी एकता : खाँड appeared first on चितवन पोष्ट.