आचारसंहिता पालना गर

आचारसंहिता पालना गर

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु व्यापक प्रचारमा जुटिरहँदा दल तथा तिनका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन भइरहेका खबर आइरहेका छन् । विभिन्न हिंसात्मक झडपका घटना पनि भएको पाइएको छ । दलहरुले शान्तिपूर्ण रुपमा आफ्नो निर्वाचन कार्यक्रम गर्नुपर्नेमा अराजक घटना दोहरिन थालेकोमा निर्वाचन आयोगले चिन्ता व्यक्त गर्दै निर्वाचन आचारसंहितामा विशेष ध्यान दिनसमेत आग्रह गरेको छ । दोलखाको गौरीशंकर नगरपालिका–२ का वडासदस्य पदका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर गोरे मारिएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । यस्तै गोरखा र रुकुममा पनि झडपका घटना भएका छन् । चुनावी सरगर्मी बढिरहेको अवस्थामा दलका कार्यकर्ताबीच द्वन्द्व र झडपका घटना हुनु राम्रो होइन । सबै दलले आचारसंहिताअनुरुप निर्वाचनका गतिविधि सञ्चालन गर्न पाउँछन्, पाउनुपर्छ । निर्वाचन आयोगले वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि हिजो रातिबाट मौन अवधि सुरू भएको जनाएको छ । तर, दलहरुले तटस्थ मतदातालाई आकर्षित गर्न यही अवधिमा विशेष चलखेल गर्ने भएकाले यसतर्फ पनि सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ । निर्वाचनका बेला दलहरुले शक्ति प्रदर्शन गर्ने, विशेष ¥याली गर्ने, आमसभा तथा घोषणासभा गर्ने गर्दछन्, जुन अस्वभाविक मानिँदैन । तर, प्रतिस्पर्धी राजनीतिक पार्टीका कार्यकर्तामाथि आक्रमण गर्ने, निषेध गर्ने र ज्यानैसमेत लिने घटनालाई भने सामान्य मान्न सकिँदैन । नेपालमा हरेक राजनीतिक दलले आफ्ना नीति तथा कार्यक्रम, प्रतिबद्धता तथा योजनाहरु मतदातासमक्ष प्रस्तुत गर्न पाउनुपर्छ । निषेधको राजनीतिले समाजमा द्वन्द्व बढाउँछ र यसले दीर्घकालसम्म पनि असर पु¥याउँछ । अहिलेको स्थानीय निर्वाचनले गाउँटोल, नगरमा विकास तथा समृद्धि ल्याउनुका साथै आपसी सद्भाव, एकता र विकासका गतिविधिहरुमा सहकार्य गर्ने भएकाले दलहरुले शान्तिपूर्ण रुपमा आफ्ना चुनावी गतिविधि सञ्चालन गर्नुपर्छ । द्वन्द्व र हिंसाले कसैको पनि हित गर्दैन । एकअर्कामा द्वेष फैलाएर, पार्टीका नाममा झडप र द्वन्द्व बढाएर मुलुकले निकास पाउन सक्दैन । अब मुलुकलाई शान्ति र समृद्धितर्फ डो¥याउने दलका कार्यकर्ता अर्थात् युवा नै हुन् । हामीले कहालीलाग्दो दशवर्षे सशस्त्र द्वन्द्व बेहोरेका छौँ । अब द्वन्द्वकै अवशेष वा झल्को दिने गरी कुनै पनि दल वा तिनका कार्यकर्ताले यस्तो प्रवृत्ति दोहो¥याउनु हुँदैन । दलहरुबीच विवाद र असझदारी हुनु स्वभाविक हो । तर, विवाद र असमझदारीले झडप र हिंसाको रुप लिनु हुँदैन । प्रजातन्त्रमा सबैले सबैको विचार र सिद्धान्त मान्न जरुरी छैन । स्वतन्त्रपूर्वक आफ्नो दल र विचारको पक्षमा लाग्न पाउनुपर्छ । त्यसको वकालत गरेर जनमत सिर्जना गर्न पनि पाइन्छ । तर, हाम्रो देशमा दलहरुको संस्कारचाहिँ अचम्मलाग्दो छ । आफूले समर्थन गरेको दलबाहेक प्रतिस्पर्धीको खेदो खन्ने, आरोप–प्रत्यारोप गर्ने, तल्लोस्तरमा झरेर गालीगलौज गर्ने परम्परा अद्यापि कायम छ । अरुलाई सम्मान गरेर पनि आफ्नो दल वा उम्मेदवारलाई अब्बल घोषणा गर्न सकिन्छ । निषेध र तिरस्कारको राजनीतिले क्षणिक रुपमा त जनमत बटुल्न सहज होला, तर त्यसले दीर्घकालीन रुपमा फाइदा गर्दैन । हिंसात्मक झडपका घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गरिनुपर्छ । दलहरु तथा तिनका कार्यकर्ताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरे÷नगरेको अनुगमन गरी निर्वाचन आयोगले आवश्यक कारबाही गर्नुपर्छ । चुनावका क्रममा हुनसक्ने जुनसुकै अप्रिय घटनाबारे सुरक्षा संवेदनशीलता अपनाएर कडा सुरक्षा प्रबन्ध गरिनु जरूरी देखिएको छ । The post आचारसंहिता पालना गर appeared first on चितवन पोष्ट.