‘कैकेयी’ महाकाव्यको पाण्डुलिपिमाथि बहस

‘कैकेयी’ महाकाव्यको पाण्डुलिपिमाथि बहस

गैँडाकोट । विमर्श नेपाल चितवनको आयोजनामा बिहीबार कवि गोविन्दराज विनोदीद्वारा रचित ‘कैकेयी’ महाकाव्यको पाण्डुलिपिमाथि विमर्श कार्यक्रम सुसम्पन्न भयो ।
गैँडाकोटको सहमति संस्थामा भएको सो कार्यक्रम विमर्श नेपालका अध्यक्ष डा. एकनारायण पौड्यालको सभापतित्वमा तथा प्रा.डा. नारायणप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
डा. नारायण चालिसे विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा मुख्य टिप्पणीकर्ताका रुपमा डा. गुरूप्रसाद सुवेदी, डा. धनेश्वर भट्टराई र डा. मतिप्रसाद ढकाल रहेका थिए ।
लकाश पौडेल, केदारनाथ खनाल, प्रा. कपिल अज्ञात, लक्ष्मी बराल, ईश्वर कँडेल, शान्ति शर्मा र पूर्णप्रसाद अधिकारीले समेत ‘कैकेयी’ महाकाव्यमाथि सुझाव तथा आआप्mना दृष्टिकोणहरु प्रस्तुत गरेका थिए ।
टिप्पणीकर्ताहरुको सुझावपछि कैकेयी महाकाव्यका रचयिता विनोदीले आपूmलाई मह¤वपूर्ण सुझाव प्राप्त भएको र पाण्डुलिपिमाथि बहस भएकाले सुधार गर्ने मौका मिलेको बताउँदै टिप्पणीकर्ता तथा सुझावदाता सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
डा. केशवराज चालिसेद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा सहभागीहरुको उलेख्य सहभागिता थियो । प्रकाशित भइसकेपछि कृति सुधार गर्न नसकिने र प्रकाशनपूर्व यसरी पाण्डुलिपिमाथि छलफल गर्दा प्राप्त सुझावअनुसार रचयिताले सुधार गर्ने अवसर प्राप्त गर्ने हुँदा पाण्डुलिपिमाथि गरिने यस किसिमका बहसहरु मह¤वपूर्ण र उपलब्धिमूलक रहने ठम्याइ सहभागीहरुको रहेको थियो ।

The post ‘कैकेयी’ महाकाव्यको पाण्डुलिपिमाथि बहस appeared first on चितवन पोष्ट.