नदी किनारमा सेल्फी खिच्न गएका दुई बेपत्ता

गैँडाकोट । गैँडाकोट नगरपालिका–१ को नारायणी नदी किनारमा सेल्फी खिच्न तथा पौडी खेल्न गएका दुई युवा नदीमा बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो साढे ३ बजेको समयमा नारायणी नदी किनारमा गएका गैडाकोट–१ का आशिष श्रेष्ठ र गैडाकोट–८ का भूपेन्द्र केसी बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले बेपक्ता दुई युवकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख सुवास हमालले जानकारी दिएका छन् । युवाहरु खसेको भनिएको स्थानमा पानी दबदबे रहेको कारण सोही स्थानमा खोजी तीव्र पारिएको छ । खोजीका लागी विपत् व्यवस्थापनको टोली पनि खटिएको छ । पाँच साथीहरु मिलेर गएकोमा दुई जना खसेको जानकारी २० मिनेटपछि साथीहरुले प्रहरी समक्ष पु¥याएका थिए ।

The post नदी किनारमा सेल्फी खिच्न गएका दुई बेपत्ता appeared first on चितवन पोष्ट.