‘गैँडाकोट’मा सीसी क्यामरा जडान गरिने

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको मुख्य मुख्य चोकमा सीसी क्यामरा जडान गरिने भएको छ ।
पूर्वपश्चिम लोकमार्गमा हुने सडक दुर्घटना न्यूनीकरण, चोरी, लुटपाट लगायतका घटनाहरु न्यूनीकरण गर्न मुख्य भीडभाड हुने ठाउँहरुमा सीसी टिभी जडान गरिने इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले बताए ।
सीसी क्यामरा जडानको लागि उचित स्थानको सर्वे गर्ने काम सकिएको उनले बताए । हमालका अनुसार अब अप्टिकल फाइबर जडान गरी तत्काल सीसी क्यामेरा जडान गरिने छ । गैँडाकोट नगरपालिकाले सुरक्षाको विषयमा प्रहरीलाई बढी जानकारी हुने ह“ुदा सीसी क्यमेरा जडान र कन्ट्रोल रुम पनि प्रहरीको कार्यालयमा राखिने हु“दा गैँडाकोट प्रहरीलाई जिम्मा दिएको गँैडाकोट नगरपालिकाका अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।
गँैडाकोटको भृकुटी चोक, कांग्रेस चोक, विजय चोक, थुम्सी जङ्गल, भेडाबारी चोक, बेल्डिया पुललगायतका ठाउँहरुमा सीसी क्यामरा जडान गरिने छ । त्यसको कन्ट्रोल भने प्रहरी कार्यालयमा रहने छ । यसअघि नवलपरासीको कावासोती र सदरमुकाम परासीमा सीसी क्यामरा जडान गरिएको छ ।

The post 'गैँडाकोट'मा सीसी क्यामरा जडान गरिने appeared first on चितवन पोष्ट.