कफीले तपाईंको आयु बढाउन सक्छः अनुसन्धान

हालै गरिएको एउटा अनुसन्धानले दिनमा तीनपल्ट कफी पिउनाले तपाईंको आयु लम्बिन सक्ने परिणाम देखाएको छ। युरोपका १० देशका ३५ वर्ष माथिका करिब ५ लाख मानिसमा अनुसन्धान गरिएको थियो। ‘एनल्स अफ इन्टर्नल मेडिसिन’ जर्नलमा प्रकाशित उक्त अनुसन्धानका अनुसार एक कप थप कफी पिउनाले कुनै पनि मानिसको आयु लम्बिन सक्छ, चाहे त्यो कफी ‘डिक्याफिनेटेड’(कफीबाट क्याफिन निकालिएको) नै किन...