गैँडाकोट क्षेत्रमा  शनिबार बिजुली नआउने

गैँडाकोट क्षेत्रमा शनिबार बिजुली नआउने

गैँडाकोट, ६ श्रावण । गैँडाकोट नगरपालीकाको १ देखी ९ वडा र अन्य केही क्षेत्रमा भोली दिनभर बिजुली नआउने भएको छ । नेपाल बिद्युत प्राधीकरण कावासोती वितरण शाखाका अनुसार मुकुन्दपुरमा रहेको ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकाले शनिबार बिहान ८ बजेदेखी बेलुका ७ बजेसम्म बिजुली नआउने भएको हो । मुकुन्दपुरमा रहेको ६÷७.५ केभीए पावर ट्रान्सफर्मरमा समस्या आएको प्राधीकरणको गैँडाकोट कार्यालयले जनाएको छ । गैँडाकोटका प्राबिधीक प्रमुख सुजन रिजाल रिजालका अनुसार मुकुन्दपुरको ट्रान्सफर्मर मर्मत पछि केही दिनदेखी हुँदै आएको बिद्युत अनीयमीतता पनि हट्ने आशा गरीएको छ । प्राधीकरणको कावासोती बितरण शाखाले सुचना जारी गर्दै बिजुली काटीदा हुने क्षतीप्रती क्षमा मागेको छ ।