नवलपरासीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी, ६ साउन । [caption id="attachment_23182" align="alignnone" width="640"]बसको ठक्करबाट साइकलयात्रीको मृत्यु बसको ठक्करबाट साइकलयात्रीको मृत्यु[/caption] बसले ठक्कर दिँदा यहाँ आज एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेखबाट काठमाडाँैका लागि हिडेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस The post नवलपरासीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु appeared first on kayakairan.com.