सामाजिक सुरक्षा भत्ता बिकूबाट बाँड्ने निर्णयको विरोध 

'गैँडाकोट' । 'गैँडाकोट' नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम बिकू बचत तथा ऋण सहकारी संस्थाबाट बाँड्ने निर्णय गरेपछि अन्य सहकारी संस्थाहरु विरोधमा उत्रेका छन् । निर्णय भए पनि सहकारी मार्फत भत्ता वितरण सुरू नभएको नगरपालिका कार्यालयले जनाएको छ ।
'गैँडाकोट' नगरपालिकाको वडा नं. २ मा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम बिकूबाट वितरण गर्ने भनेर 'गैँडाकोट' नगरपालिकाले साउन ११ गतेको बैठकमा निर्णय गरेको थियो । सो निर्णयको विरोधमा 'गैँडाकोट'का अन्य पाँच सहकारी संस्था देखिएका छन् ।
ती पाँच सहकारीले संयुक्तरुपमा पत्र लेखेर नगरपालिकालाई निर्णय खारेजको निर्देशन दिन काठमाडौं बबरमहलमा रहेको केन्द्रीय पञ्जिकरण विभागका महानिर्देशकसँग माग गरेका छन् । ती सहकारीहरुले 'गैँडाकोट' नगरपालिका कार्यालयमा पनि विरोधपत्र बुझाएका छन् ।
‘'गैँडाकोट' सहकारीको उर्बर भूमि हो । यहाँका सहकारीहरु सबै सक्षम र समानान्तर हैसियत राख्ने खालका छन् । यसो हुँदा हुँदै पनि कुनै सूचना ननिकालेर शर्त करारलगायत प्रक्रिया पूरा नगरी बिकू बचत तथा ऋण सहकारीलाई भत्ता वितरण गर्न दिने निर्णयको विरुद्ध हामी छौं’ पाँचवटा सहकारी संस्थाले पञ्जिकरण विभागलाई लेखेको पत्रमा उल्लेख छ ।
'गैँडाकोट'मा रहेका सहकारीहरु मध्ये किसान बचत तथा ऋण सहकारी संस्था (साकोस)का अध्यक्ष हरि चालिसे, 'गैँडाकोट' स्वाभिमान साकोसका अध्यक्ष धनबहादुर पौडेल, संगम बचत तथा ऋण सहकारीका अध्यक्ष केदारनाथ न्यौपानेले संयुक्त विरोधपत्र बुझाएका हुन् । त्यस्तै मुकुन्दपुर बचतका अध्यक्ष खुमप्रकाश पौडेल र महालक्ष्मी बचतका सञ्चालक सदस्य राधा पाण्डेले पनि विरोध गरेका छन् ।
नगरपालिकामा सरकारी बैंक हुँदाहुँदै सहकारीमार्फत कारोबार गर्न मिल्ने वा नमिल्ने विषयमा पनि सोचविचार नभएको विरोधपत्रमा उल्लेख छ । यदि सहकारी संस्थालाई भत्ता वितरणको जिम्मा दिन मिल्ने भए सूचना निकालेर प्रक्रिया पु¥याएर मात्रै सम्झौता गर्न अन्य सहकारी संस्थाको आग्रह छ ।
‘सहकारी संस्थाबाट वितरण गर्न मिल्ने नै हो भने पनि औपचारिक सूचना निकालेर प्रक्रिया पु¥याएर रकम सुरक्षाको ग्यारेन्टी गरी क्षेत्रगतरुपमा भत्ता वितरणको व्यवस्था मिलाउनु पर्ने हुन्छ’ पाँचवटा सहकारीले पञ्जिकरण विभागलाई संयुक्तरुपमा लेखेको पत्रमा उल्लेख छ । नगरपालिकाले यसअघि गरेको निर्णय नरोके सम्पूर्ण सहकारीको भावना विपरीतको काम हुने पत्रमा भनिएको छ ।
'गैँडाकोट' नगरपालिकाका मेयर छत्रराज पौडेलले निर्णय भए पनि कार्यान्वयनमा नआएको बताए । ‘निर्णय भएको हो । अन्य सहकारी संस्थाहरु विरोधमा पनि आएका छन् । त्यसैले अहिले निर्णय कार्यान्वयनमा आएको छैन’ मेयर पौडेलले भने । वाणिज्य बैंक भएको ठाउँमा अन्यलाई वितरण गर्न दिने नीतिगत व्यवस्था भए नभएको बारेमा पनि आफूले बुझेको उनले बताए ।
‘वाणिज्य बैंक हुँदाहुँदै किन अरुलाई दिएको भन्ने कुरा पनि आएको छ । नीतिगत व्यवस्था के हो त्यही अनुसार हुने छ भन्नेमा म सबैलाई ढुक्क हुन आग्रह गर्दछु’ मेयर पौडेलले भने । 'गैँडाकोट'मा ४० भन्दा धेरै सहकारी र दर्जन बढी बचत तथा ऋण सहकारी संस्थाहरु छन् ।

The post सामाजिक सुरक्षा भत्ता बिकूबाट बाँड्ने निर्णयको विरोध  appeared first on चितवन पोष्ट.