चार महिनापछि हुने गैँडाकोट महोत्सवको तयारी सुरू

चार महिनापछि हुने गैँडाकोट महोत्सवको तयारी सुरू

गैँडाकोट । पुसको अन्तिममा हुने गैँडाकोट महोत्सवको तयारी सुरू भएको छ । गैँडाकोट उद्योग वाणिज्य संघले पुलदेखि पूर्व नारायणी नदी किनारमा गर्ने महोत्सवका बारेमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । पुस २७ गते सुरू हुने महोत्सव माघ ७ गते सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘महोत्सवलाई भव्य बनाउने उद्देश्यले चाँडै नै तयारी सुरू गरेका हौँ’ आयोजक उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले भने । विसं २०६९ सालमा स्थापना भएको गैँडाकोट उद्योग वाणिज्य संघले ७१ सालको कात्तिकमा पहिलो गैँडाकोट महोत्सव गरेको थियो । दोस्रो महोत्सवलाई पहिलेको भन्दा भव्य र उद्देश्यमूलक बनाइने अध्यक्ष भट्टचनले जानकारी दिए । उपाध्यक्ष दीपक सापकोटाका अनुसार यसपटक कृषि, उद्योग र पर्यटनलाई प्रवद्र्धन गर्ने योजनाका साथ महोत्सव सञ्चालन हुने छ । गैँडाकोट नगरपालिका दुग्ध उत्पादनमा अब्बल रहेका कारण कृषिअन्तर्गत डेरीलाई प्रवद्र्धन गर्ने सोच बनेको उनले बताए । यसका साथै स्वदेशी उत्पादनलाई उपभोक्तामाझ पु¥याउने उद्देश्यले महोत्सवमा स्टलहरु राख्ने उनले बताए । मौलाकालिका मन्दिर रहेको गैँडाकोटमा पर्यटनको सम्भावना पनि प्रचुर छ । कालिगण्डकी नदी गैँडाकोट हुँदै बग्ने भएका कारण ¥याफ्टिङ सञ्चालनको योजना पनि बनेको उनले बताए । गैँडाकोटदेखि १७ किलो मिटर टाढा मैइसाखोलाबाट ¥याफ्टिङ सञ्चालन गरेर जल पर्यटनको आधार खडा गर्ने योजना रहेको पनि सापकोटाले जानकारी दिए । ‘अहिले महोत्सवसम्बन्धी प्रारम्भिक जानकारीमात्रै सार्वजनिक गर्न लागेका हौँ । योजनाहरु विस्तृत नै बन्दैछन्’ कोषध्यक्ष एकदेव रिमालले भने । महोत्सवबाट हुने आम्दानीको १५ प्रतिशत रकम जेष्ठ नागरिक, एकल महिला, दलित, विपन्न एवम अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि खर्च गर्ने महासचिव छवि कँडेलले जानकारी दिए । गैँडाकोटमा सामाजिक संघसंस्था, सहकारी र सामुदायिक वनहरु पनि प्रसस्तै छन् । महोत्सवमा सबैलाई समेटेर अगाडि बढ्ने अध्यक्ष भट्टचनले बताए । ‘स्थापना भएको छोटो अवधिमा पनि पहिलोपटक महोत्सव गर्दा हामी सफल भएका थियौँ । दोस्रो महोत्सवलाई झनै व्यवस्थित, भव्य र परिणाममुखी बनाउँदै छौँ’ अध्यक्ष भट्टचनले बताए । नेपाल पर्यटन बोर्ड, जिसस र गैँडाकोट नगरपालिका महोत्सवको प्रवद्र्धक रहने छन् । महोत्सवले गैँडाकोट र नवलपुर क्षेत्रको औद्योगिक र व्यापारिक वातावरणलाई टेवा दिनुका साथै साहित्य संगीतको विकासमा पनि भूमिका खेल्ने अवस्था रहेको आयोजकहरुको भनाइ छ । महोत्सवमा चार सयको हाराहारीमा स्टलहरु रहने छन् । महोत्सवको तयारीका लागि ३५१ सदस्यीय मूल समिति र २५ वटा विभिन्न उपसमितिहरु गठन भएर काम सुरू गरेको अध्यक्ष भट्टचनले जानकारी दिए । The post चार महिनापछि हुने महोत्सवको तयारी सुरू appeared first on चितवन पोष्ट.