अमरापुरीका तीन विद्यालयलाई तिनाउ बैंकको सहयोग

अमरापुरी । तिनाउ विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको ११ औं वर्ष पार गरी १२ औं वर्ष प्रवेश गरेको अवसरमा अमरापुरी शाखा कार्यालयले बुधबार तीन विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । नियमित बैंकिङ सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत अमरापुरी क्षेत्रभित्र रहेको लक्ष्मी माध्यमिक विद्यालय, पञ्चज्योति निम्न माध्यमिक विद्यालय तथा अमर ज्योति माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र तथा छात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले रुपन्देही, नवलपरासी तथा चितवन जिल्लाबाट गरी कूल १३ शाखाबाट निक्षेप तथा कर्जा, सुन कर्जा, एटीएम, लकर, एसएमएस मोबाइल बैंकिङ, एनटीसी, एनसेल, (प्रिपेड पोष्टपेड) रिचार्ज सुविधा लेन्डलाइन टेलिफोन बिल भुक्तानी सेवा, एडीएसएल बिल भुक्तानी सेवा, डिस होम, ब्रोडलिङ्क इन्टरनेट रिचार्ज सुविधा, प्रदान गर्दै आएको छ ।   The post अमरापुरीका तीन विद्यालयलाई तिनाउ बैंकको सहयोग appeared first on चितवन पोष्ट.