साम्यवाद दिवा सपना मात्रः डा. कोइराला

रामकुमार श्रेष्ठ नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम गठबन्धनसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले वाम गठबन्धनले भनेझै साम्यवाद ल्याउने र दुई तिहाई बहुमत ल्याउनु दिवा सपना भएको बताएका हुन् । त्यस्तै वाम गठबन्धनमा गुटउपगुट मौलाएकोेले त्यो कुनै चिन्ताको विषय नरहेको पनि बताए । बिहीबार नवलपरासीको नवलपुर क्षेत्रको प्रतिनिधिसभा १ मा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताए । शशांकको प्रस्तावकमा द्रोण वन सन्यासी र समर्थकमा गजेन्द्रबहादुर आलेमगर रहेका छन् । संविधानसभाको पहिलो निर्वाचन र दोस्रो निर्वाचनमा डा कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । डा शशांक कोइरालसँग वाम गठबन्धनबाट नेकपा माओवादीका पोलिटव्युरो सदस्य भविश्वर पराजुली, नयाँ शक्ति पार्टीका कृष्णप्रसाद गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारी, विवेकशील साझा पार्टीका हरिप्रसाद गौतम, राष्टिय जनमुक्ति पार्टीका तिलक थापामगरसहित ८ जना चुनावी प्रतिस्पर्धामा छन् । The post साम्यवाद दिवा सपना मात्रः डा. कोइराला appeared first on चितवन पोष्ट.