रोटरीद्धारा विद्यार्थीलाई पोशाक एवम् खेलकूद तथा स्टेशनरी वितरण ।।

गैँडाकोट २९ कार्तिक ।


नारायणगढ रोटरी क्लबले मंगलवार राष्ट्रिय प्राथमिक विद्यालय ढोडेनी, कविलास चितवनका ५६ जना विद्याथीलाई अत्यावश्यक स्वीटर, टोपी, खाजा, खेलकूद लगायत स्टेशनरी सामानहरू वितरण गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेले स्वागत गर्नुहुँदै भरतपुर महानगरपालिका, वडा नं २९ मा पर्ने सो क्षेत्र अत्यन्त विकट रहको र सो विद्यालयमा चेपाङ बालबालिकाहरू शिशु कक्षा देखि पाँच कक्षासम्म अध्ययन गर्ने बताउनुभयो ।
१०३७ फिट उच्च भागमा अवस्थित ढोडेनीसम्म आएर विद्यालय र विद्यार्थीहरूको शैक्षिक एवम् बौद्धिक विकासका लागि नारायणगढ रोटरी क्लबले पु¥याएको सहयोगको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत लामाज्यूले धन्यवाद ज्ञापन गर्नुभयो । क्लबका पूर्व अध्यक्ष सुमनकुमार श्रेष्ठ, निवर्तमा अध्यक्ष सञ्जय श्रेष्ठ तथा कार्यक्रम संयोजक दिलीप तामाङले खाजा, खेलकूद तथा स्टेशनरी सामाग्रीहरूको सौजन्य गर्नुभएको थियो । त्यसै गरी विद्यार्थीहरूको लागि स्वीटर र टोपीको सौजन्य सदस्यद्वय देवमाया श्रेष्ठ र अञ्जुकृष्ण जोशीज्यूले गर्नुभएको थियो । क्लबका सदस्य दिलीप तामाङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमलाई उपाध्यक्ष सुसनलाल प्रधानज्यूले सञ्चालन गर्नुभएको थियो । नारायणगढबाट करिब ३७ किलोमिटर मात्र टाढा तर अत्यन्तै विकट, प्रायजसो जनजातीहरूको बसोबास रहेको यस क्षेत्रमा नारायणगढ रोटरी क्लबले पु¥याएको सानो सहयोगले विद्यालय र विद्यार्थीहरूको भौतिक, शैक्षिक र बौद्धिक विकासमा थोरै भएपनि मद्दत पुग्ने अध्यक्ष नारायण प्रधानले बताउनुभयो । सोही क्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले चेपाङ बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको प्रगतिको कामना गर्नुभयो ।
विद्यार्थी अभिभावक संघका पूर्व अध्यक्ष खड्क लामाज्यूले विद्यालयको प्रगती एवम् व्यवस्थापन सम्बन्धि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय बासिन्दाहरू लगायत क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको रोटरीयन रमेश श्रेष्ठले जानकारी दिनुभयो ।