अनुभवी मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट, अरुलाई हराएर चोट’

किशोर खनाल
भरतपुर । पटक–पटक भोट हालेर अनुभव बटुलेका मतदाताहरु यसपटक भोट खसाल्दा धेरै विचार पु¥याउने सुरसारमा छन् । अनुभवी मतदाताहरुले यसअघिका उम्मेदवारले विभिन्न आश्वासनहरु दिएर आफ्नो भोट लगेको हुनाले यसपटक अत्यन्तै विवेक पु¥याएर भोट दिने बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ७६ वर्षका शिवलाल खड्कालाई यसअघि कतिपटक भोट खसाले त्यसको कुनै हेक्का छैन । तर, उनी यसअघि खसालेको मतमा विवेक नपुगेको बताउँछन् ।
उनी भन्छन्, ‘हामी अनुभवी मतदाताले विवेक पु¥याइएन भने अहिलेका नयाँ पुस्ताले पनि विवेक पु¥याउन सक्दैनन् । त्यसैले सबैभन्दा पहिला अनुभवी मतदाताले विवेक पु¥याएर भोट खसाल्नुपर्छ ।’ उनले यसअघि भएका गल्तीलाई सकार्दै यसपटक विकास गर्ने उम्मेदवारलाई भोट दिने बताए । उनले भने, ‘विकास गर्नेलाई भोट, अरुलाई हराएर चोट दिने हो ।’
भरतपुर–११ का अर्का अनुभवी मतदाता थमनारायण लामिछानले पनि यसअघि धेरै पटक भोट हाले । तर, उनी यसअघि हालेका मतहरुको कुनै अर्थ नरहेको बताउँछन् । ७२ वर्ष पूरा भएका लामिछानेले २१ गते हाल्ने भोटको धेरै नै अर्थ रहेको बताउँछन् । उनी भन्छन्, ‘विकास गर्ने, भ्रष्टाचार नगर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने उम्मेदवारलाई भोट हालेर जिताइन्छ, अरुलाई हराएर जनताको भावना बुझेर विकास गर्ने अभियानमा फेरिफेरि लाग्न प्रेरणा दिइन्छ ।’
भरतपुर–११ का निवृत्त स्थानीय विकास अधिकारी जगन्नाथ सुवेदी पनि अनुभवी मतदाता हुन् । ८५ वर्षका सुवेदीले यसअघि पटकपटक भोट हालेर धेरैलाई सिंहदरबार छिराए । तर, यसपटक उनले पनि गफ बढी गर्ने र काम नगर्ने उम्मेदवारलाई भोट नदिने बताएका छन् । उनी भन्छन्, ‘जुन उम्मेदवारले काम गर्लाजस्तो लाग्छ, उसैलाई भोट दिन्छु ।’ उनले विकास गर्ने उम्मेदवारलाई नै यसपटक चुन्ने बताए ।
अर्का अनुभवी उम्मेदवार निवृत्त शिक्षक रामनाथ पोख्रेले पनि देशलाई विकास र अग्रगमनतर्फ लैजाने उम्मेदवारलाई भोट दिने बताए । ६३ वर्षका पोख्रेलले भने, ‘विकासको मुल फुटाउने, वृद्धवृद्धाहरुलाई सम्मान गर्ने पार्टीका उम्मेदवारलाई नै भोट दिन्छु । त्यस्ता उम्मेदवारलाई छान्न अहिलेको नयाँ पुस्तालाई पनि आग्रह गर्छु ।’
लमजुङ भोर्लेटारका ७७ वर्षका अनुभवी मतदाता लक्ष्मीप्रसाद रेग्मीले भाषण–भुषणभन्दा काम गरेर देखाउने उम्मेदवारलाई भोट दिने बताए । उनले भने, ‘भ्रष्टचार नगर्ने, इमान्दार र देशप्रेमीलाई भोट दिने हो । वृद्धवृद्धालाई हेर्ने र देशको भलो चिताउनेलाई यसपटक जिताउने हो ।’

The post अनुभवी मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट, अरुलाई हराएर चोट’ appeared first on चितवन पोष्ट.