खेतखेतमा उम्मेदवार

शारदानगर । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा घरदैलोमा रहेका उमेदवारहरु भने धान भित्र्याउन ब्यस्त किसानका खेतखेतमा गएर मत मागेका छन् ।
भरतपुर महानगरपालिका–२० शारदानगरमा वाम गठबन्धनका प्रदेशसभा ‘क’ का उमेदवार कृष्ण भुर्तेल किसानका खेतखेतमा गएर मत मागेका हुन् । भरतपुर–२० को चनौली बजारबाट सुरू गरिएको घरदैलो कार्यक्रममा उमेदवारहरु भीमनगर, नयाँबजार, हेल्थपोष्ट हँुदै चन्द्रनगरका मतदाताका घरदैलोमा पुगेका थिए । प्रदेशसभा ‘क’ का उमेदवार कृष्ण भुर्तेलले भरतपुर २६, २७ र २८ का विभिन्न ठाउँमा भएका कोणसभाहरुलाई सम्बोधन गरेका थिए ।
भरतपुर–१८ मा पनि वामपन्थी गठबन्धनका कार्यकर्ताहरु घरदैलो कार्यक्रममा जुटेका छन् । गुञ्जनगर, राइगञ्ज, भुवनबस्ती हँुदै शशीनगरका मतदाताका घरदैलोमा पुगेर मत मागिएको एमालेका वडा संयोजक कृष्णभक्त भट्टराईले बताए । राइगञ्ज बाबुराम चोकमा कोणसभाको आयोजना गरिएको थियो ।
भरतपुर–१९ मा वाम गठबन्धनको आज मंगलबार भरतपुरमा शीर्ष नेताहरु द्वारा सम्बोधन हुने चुनावी सभाको प्रचारप्रसारको निम्ति सोमबार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । यस्तै लोकतान्त्रिक गठबन्धनको भरतपुर–२७ मेघौली, अन्दौली, पर्साढापलगायत ठाउँहरुमा लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु विक्रम पाण्डे र प्रदेश ‘क’ का दिनेश कोइरालाको उपस्थितिमा घरदैलो र कोणसभाहरु सम्पन्न भएका छन् ।

The post खेतखेतमा उम्मेदवार appeared first on चितवन पोष्ट.