चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन

भरतपुर । भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।
चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगियता पनि उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत गाएका थिए ।

The post चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन appeared first on चितवन पोष्ट.