युवालाई देश जिम्मा लगाएर गए खुसीराम

युवालाई देश जिम्मा लगाएर गए खुसीराम

भरतपुर, ५ मंसिर ।

‘युवाहरु देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’

भरतपुरमा आयोजित बाम गठबन्धनको संयुक्त आमसभामा सम्बोधनसँगै यो गीत गाएका जनवादी गायक तथा पूर्वसांसद् खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा आयोजित कार्यक्रममा पुत्र गुमाएर विह्वल पार्टी अध्यक्ष पुष्पकमल दाहालको अगाडि गीत गाएका पाख्रिनलाई गीत गाएर आराम गरिरहँदा हृदयाघात भएको थियो ।

तुरुन्तै भरतपुरको नारायणी सामुदायिक अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा ग¥यो ।

हृदयाघात हुनु केहीबेर अघिमात्रै भरतपुरको चुनावी सभामा गीत गाउँदै खुसीराम । फोटोः प्रविन बराल

पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु’ गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मुक्तिको सपना देखेर युद्धमा होमिएका खुसीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

चुनावी सभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातका कारण निधन भएको थियो ।

The post युवालाई देश जिम्मा लगाएर गए खुसीराम appeared first on kayakairan.com.