हृदयाघात हुनुअघि चितवनमा यो गीत गाएका थिए खुसीरामले (हेर्नुहोस् भिडियो)

विनोदबाबु रिजाल
भरतपुर, ५ मंसिर ।

प्रसिद्ध जनवादी गायक खुसीराम पाख्रिनको भरतपुरमा आयोजित बाम गठबन्धनको संयुक्त आमसभामा सम्बोधनसँगै गीत गाएलगत्तै भएको हृदयाघातले निधन भयो ।

‘युवाहरु देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’

यो गीत गाएका पूर्वसांसद्समेत रहेका खुसीरामलाई केहीबेरमै हृदयाघात भयो । भरतपुरको केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा आयोजित कार्यक्रममा गाएको यो गीत नै उनका लागि अन्तिम गीत बन्यो । गीत गाएर आराम गरिरहँदा उनलाई हृदयाघात भएको थियो ।

तुरुन्तै भरतपुरको नारायणी सामुदायिक अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा ग¥यो ।

उनले गाएको जीवनकै अन्तिम गीतलाई कायाकैरन मिडिया नेटवर्ककका प्रविन बराल र पत्रकार दीपक पोखरेलले क्यामेरामा कैद गरेका थिए ।

हेर्नुहोस् खुसीरामले जिन्दगीमा अन्तिमचोटि गाएको गीत

The post हृदयाघात हुनुअघि चितवनमा यो गीत गाएका थिए खुसीरामले (हेर्नुहोस् भिडियो) appeared first on kayakairan.com.