उत्तम सन्तानउत्तम सन्तान

डा. मतिप्रसाद ढकाल मणिमती नगरीमा इल्वल नामको दैत्य बस्थ्यो । उसका कान्छा भाइको नाम वातापि थियो । एकदिन दितिपुत्र इल्वलले एउटा तपस्वी ब्राह्मणसँग आपूmलाई इन्द्रको समान पराक्रमी पुत्र दिन अनुरोध ग¥यो तर ब्राह्मणले इन्द्रको समान पुत्र दिएनन् । त्यसका कारण त्यो विभिन्न दैत्य ब्राह्मणसँग अत्यन्त क्रुद्ध भयो र विभिन्न मायावी रूपहरु धारण गरेर ब्राह्मणहरुको हत्या गर्न थाल्यो । यमलोकमा गएका व्यक्तिलाई बोलाएर सशरीर जीवित देखाइदिने शक्ति पनि इल्वलसँग थियो । इल्वलले आफ्नो भाइ वातापिद्वारा ब्राह्मणहरुको हिंसा गराउँथ्यो । त्यसैले अगस्त्य मुनिले वातापिलाई नष्ट गरेका थिए ।  एकदिन अगस्त्य मुनि कतै जाँदै थिए । एक ठाउँमा उनले आफ्ना पितृहरु उँधोमुन्टो लगाएर रुखमा झुन्डिरहेका देखे । अगस्त्यले त्यसरी झुन्डिरहेका पितृहरुलाई झुन्डिनुको कारण सोधे । पितृहरुले सन्तान परम्पराको लोप वा निःसन्तान हुने सम्भावनाले गर्दा आपूmहरु झुन्डिएको कुरा बताए । सन्तानको चाहनाले त्यसरी झुन्डिएर हिलामा गाडिनुपरेको र तिमीले उत्तम सन्तान उत्पन्न गर्नसक्यौ भने हामीले यस्तो नारकीय यातनाबाट मुक्ति पाउने थियौँ भनेर पितृहरुले अगस्त्यलाई बताए । अगस्त्यले पनि पितृहरुको इच्छा पूरा गर्न आपूm तत्पर रहेको हुँदा उनीहरुलाई मानसिक चिन्ता हटाउन आग्रह गरे । त्यसपछि अगस्त्य योग्य पत्नीको खोजीमा निस्किए तर कहीँ पनि योग्य पत्नी प्राप्त गर्न सकेनन् । उनले एक एक प्राणीका उत्तम उत्तम अङ्गहरुको भावनाद्वारा सङ्ग्रह गरेर एउटी अत्यन्त सुन्दरी स्त्रीको निर्माण गरे—स तस्य तस्य सत्त्वस्य तत् तदङ्गमनुत्तमाम् ।सङ्गृह्य तत्समैरङ्गैर्निर्ममे स्त्रियमुत्तमम् ।।(म.भा. ३।९६।२०)त्यतिबेला विदर्भराजले पुत्र प्राप्तिका लागि तपस्या गरिरहेका थिए । अगस्त्यले आपूmले निर्माण गरिएकी सुन्दरी स्त्री राजालाई दिए । राजा अत्यन्त खुसी भएर त्यो हर्षको समाचार ब्राह्मणहरुलाई सुनाए । ब्राह्मणहरुले ती कन्याको नाम लोपमुद्रा राखिदिए । दिन प्रतिदिन उनी बढ्दै गइन् । अगस्त्य मुनिको डरले गर्दा कुनै पनि राजकुमारले उनलाई वरण गरेनन् । राजाले युवावस्थामा पुगेकी आफ्नी कन्या विवाह गरी कसलाई दिऊँ भनेर विचार गर्नलागे । त्यसपछि लोपमुद्राले आफ्नो गृहस्थी चलाउन सक्छिन् भन्ने विचार गरेर अगस्त्यले विदर्भराजसँग कन्या मागे । त्यो सुनेर राजाको होस हरायो । उनले कन्या दिन अस्वीकार पनि गरेनन् र इच्छा पनि देखाएनन् । त्यसपछि राजा पत्नीसँग गएर अगस्त्य मुनिले छोरी मागेका र नदिँदा अत्यन्त क्रुद्ध भएर श्राप दिई हामीलाई भस्म गरिदिन सक्छन् भन्ने कुरा गरे । आफ्ना आमाबुबाहरु दुवै अत्यन्त दुःखी भएको देखेर लोपमुद्राले आपूm अगस्त्यसँग विवाह गर्न इच्छुक रहेको बताइन् । छोरीको इच्छानुसार विदर्भराजले लोपमुद्राको विवाह अगस्त्य मुनिसँग गरिदिए ।लोपमुद्रालाई पत्नीका रुपमा प्राप्त गरेपछि उनले पत्नीलाई बहुमूल्य वस्त्र र आभूषणहरु उतार्न भने । लोपमुद्राले पनि तपस्वी भेषमा अगस्त्य मुनिले भैmँ व्रत र आचरण गर्न थालिन् । दुवैले हरिद्वारमा गएर घोर तपस्या गरे । रजस्वलाबाट निवृत्त भएपछि एकदिन अगस्त्य मुनिले लोपमुद्रालाई सहवासका लागि आमन्त्रण गरे तर पत्नीले राजमहलमा भएका जस्तै शैय्यामा मात्र आपूm समागम गर्न तत्पर रहेको कुरा बताइन् । साथै पत्नीले सुन्दर हार तथा आभूषणद्वारा सुसज्जित भएर समागम गर्न अनुरोध गरिन् । तपस्वी भेषलाई समागमद्वारा अपवित्र गर्न उनले चाहिनन् । त्यसपछि अगस्त्यले विदर्भराजको जस्तो वैभव हामी दुवैसँग नभएको कुरा गरे भने लोपमुद्राले संसारमा भएको धन क्षणभरमा तपाईंको तपस्याका प्रभावले जुटाउन सकिन्छ भनिन् । पत्नीको मनोरथ पूर्ण गर्नका लागि अगस्त्यमुनि धनका खोजीमा निस्किए ।धनप्राप्तिको कामनाले अगस्त्य मुनि क्रमशः श्रुतर्वा, ब्रघ्नश्व र त्रसदस्यु राजाहरुकहाँ पुगेर याचना गरे । राजाहरुले आफ्नो सम्पूर्ण आयव्यय विवरण सामुन्ने राखेर त्यसमा थोरै धन अन्यत्र खर्च गर्दा जनताहरुले दुःख पाउने बताए र अन्तमा तीनैजना राजासहित अगस्त्य मुनि धनप्राप्तिका लागि अत्यन्त धनी इल्वल दानवकहाँ गए । इल्वलले सबैको सत्कार पनि ग¥यो र अगस्त्य मुनिलाई धनसम्पत्ति दिएर बिदा गरेपछि इल्वल दैत्यले अगस्त्य मुनिलाई मार्ने प्रयास ग¥यो तर अगस्त्य मुनिले इल्वललाई नै मारिदिए ।अगस्त्य मुनिले आफ्नो मनारेथ पूरा गरेकाले लोपमुद्राले अब पुत्र उत्पन्न गर्न अगस्त्यसँग आग्रह गरिन् । अगस्त्यले कस्तो किसिमको पुत्र जन्माउने ? भनेर पत्नीलाई सोद्धा पत्नी लोपमुद्राले यस्तो जवाफ दिइन्—सहस्रसम्मितः पुत्र एकोऽप्यस्तु तपोधन ।एको हि बहुभिः श्रेयान् विद्वान् साधुरसाधुभिः ।।(पूर्ववत्, ३।९९।२२) अर्थात् मलाई हजारौँमा समानता राख्नेवाला एउटै पुत्र प्राप्त होस् किनकि धेरै दुष्ट पुत्रहरुभन्दा एउटै विद्वान् र श्रेष्ठ पुत्र उत्तम मानिन्छ । पत्नीको यस्तो चाहनाअनुरुप गर्भाधान गरेर अगस्त्य मुनि वनमा गए । उनको गर्भ सात वर्षसम्म लोपमुद्राको पेटमा बढ्दै गयो । त्यसपछि उनबाट दृढस्यु नामक पुत्र जन्मियो । आफ्ना पुत्रको आचरण र व्यवहार देखेर अगस्त्य मुनि अत्यन्त सन्तुष्ट भए । अगस्त्यले उत्तम सन्तान प्राप्त गरेको हुँदा उनका पितृहरुले पनि मनोवाञ्छित लोक प्राप्त गरेर नारकीय यातनाबाट मुक्त भए ।हामीहरु मायावी र प्रपञ्चात्मक यही मत्र्यलोकमा रमाइरहेका छौँ । हामीहरुले आडम्बरी पूजाअर्चना गरेर देवतालाई र पितृहरुलाई पनि सन्तुष्ट दिलाउन सकेका छैनौँ । हाम्रो भावना नै प्रदूषित भयो भने हामीलाई भावविना देवताको सामीप्य प्राप्त हुन सक्तैन । त्यसैगरी हाम्रा वचनहरु प्रदूषित भए भने पितृहरुले सन्तुष्ट भएर हामीहरुलाई शुभाशीर्वाद दिन सक्तैनन् । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् पितृहरुले शुद्ध वचनको अपेक्षा गर्छन् भने देवताहरुले भावशुद्धिको चाहना गर्दछन् । हामीले आफ्नो बोलीवचन र भावनालाई पवित्र बनाउन सक्यौँ भने हामीलाई देवता र पितृहरुको मात्र होइन यही मत्र्यलोकका सम्पूर्ण मनुष्यहरुको पनि साथ प्राप्त हुनेछ । हाम्रा आचरणहरु पवित्र भए भने हाम्रा सन्ततिका आचरणहरु पनि पवित्र हुँदै जानेछन् । जसका कारण हामीहरु धेरै कुसन्तानहरु जन्माएर पनि निःसन्तान हुनुपर्ने अवस्थाको सिकार हुनुपर्ने छैन र एउटै उत्तम सन्तानले जीवनकालमा हाम्रो मात्र उद्धार गर्दैन मृत्युपश्चात् आफ्ना पितृहरुको पनि उद्धार गर्नेछ । ‘पुम्’ नामक नरकबाट रक्षा गर्ने भएकाले आफ्नो पुत्रत्वलाई पनि सार्थक बनाउनेछ । त्यसैले उत्तम सन्तानको चाहना हाम्रो परिवारका लागि मात्र होइन समाज, देश र विश्वकै लागि पनि सदैव अपरिहार्य रहेको छ ।(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर) The post उत्तम सन्तानउत्तम सन्तान appeared first on चितवन पोष्ट.