प्रधानन्यायाधीशद्वारा नवलपुर जिल्ला अदालतका उद्घाटन

नवलपुर । नवलपुरको कावासोतीमा मंगलबार जिल्ला अदालतको उद्घाटन गरिएको छ ।
नवलपुर जिल्ला अदालतको प्रधानन्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले अदालत जनताको हुनु पर्ने, न्यायको पहुँचमा पुग्न नसकेकाहरुको हुनुपर्ने विचार राखे ।
त्यस्तै उनले सर्वोच्चले न्यायका पहँुचमा पुग्न नसकेकाहरुको लागि पनि अदालतसम्म पहुँच पु¥याउनका लागि काम थालेको बताए । उनले अपाङ्गता भएकाहरु आँखा नदेख्ने तथा बोल्न नसक्नेहरुका लागि पनि व्रेन लिपीबाट बहस गर्ने सक्ने गरी प्रविधि भित्र्याउने तयारी भइरहेको बताए ।
उद्घाटन कार्यक्रममा मुख्य रजिष्ट्रार नहकुल सुवेदी, जिल्ला समन्वय समिति नवलपुरका सभापति चेशराम आले, प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनी, वार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, कावासोती नगरपालिकाका नगर प्रमुख चन्दा पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले बर्दघाट सुस्ता पूर्वको नवलपरासी जिल्लालाई अब बर्दघाट सुस्ता पूर्वजिल्ला भनिरहनु नपर्ने र सर्वोच्चका प्रमुखको हैसियतले आफूले नवलपुर जिल्ला भनेर जिल्ला अदालतकै नाम नवलपुर जिल्ला अदालत राख्न पठाएको समेत बताए । उनले जिल्ला अदालतका न्यायाधीशहरुलाई साच्चै अन्यायमा परेकाहरुको पक्षमा फैसला हुने गरी निष्पक्ष भएर काम गर्न समेत निर्देशन दिए ।

 

The post प्रधानन्यायाधीशद्वारा नवलपुर जिल्ला अदालतका उद्घाटन appeared first on चितवन पोष्ट.