विस बर्ष हेडमास्टर बनेका सुवेदीको विदाई (फोटो फिचर)

विस बर्ष हेडमास्टर बनेका सुवेदीको विदाई (फोटो फिचर)

गैँडाकोट ७ मंसिर ।

कालिका मावि गैँडाकोटमा २० बर्ष हेडमास्टर बन्नुभएका कमल सुवेदीको विहिवार औपाचरिकरुपमाा विदाई गरिएको छ । विद्यालयमा भएको कार्यक्रममा सुवेदीलाई सम्मानपत्र र दोसल्ला ओडायर गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले औपचारिकरुपमा विदाई गर्नुभएको हो । विदाई समारोहमा वोल्दै नगरप्रमुख पौडेलले सुवेदी असल तथा कुशल प्रशाशक रहेको स्मरण गर्दै विद्यालयको विकासकालागि सुवेदीले गरेको योगदानको मुक्तकण्ठले प्रशंशा गर्नुभयो । सम्मान तथा विदाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख विष्णुकुमारी कँडेलले सुवेदीले आफ्नो दुई दशकको सेवामा पुरा गर्न वाँकी रहेका सपना पुरा गर्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले सुवेदीले आगामी दिनमा पनि विद्यालयको विकासकलागि विशेषज्ञकारुपमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विदाई कार्यक्रममा विदाई मन्तब्य राख्दै विद्यालयका निवर्तमान प्रधानाध्यापक कमल सुवेदीले आफ्नो ३९ बर्षे शिक्षणयात्रामा कालिका माविवाट धेरै कुरा सिकेको वताउँदै आफुले सदैब विद्यालयको विकासकष्लागी सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले २० बर्षे यात्रामा आफुलाई सहयोग गर्ने २ दर्जन व्यक्तिका नामनै लियर सवैको सहयोगले आफुले ८६ हजारको विद्यालयको पुँजीलाई सवा करोड बचत गर्ने स्थानमा ल्याएको वताउनुभयो ।कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख राजु बानियाँ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष शालिकराम सापकोटा, निवर्तमान अध्यक्ष करुणासागर सुवेदी, विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेल लगायतले शुभकामना मन्तब्य राख्दै दुई दशकको अवधिमा सुवेदीले पुरायको योगदानले कालिकालाई नमुना विद्यालय बनाएको स्मरण गर्नुभएको थियो । विद्यालयका शिक्षक निरोज खनालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना हेडमास्टरको विदाईमा मार्मिक गीत प्रस्तुत गर्दै विदाई गरेको विद्यालयका शिक्षक राजु पुरीले जानकारी दिनुभयो । वि.सं २०५५ सालदेखि विद्यालयका प्रधानाध्यापक रहनुभएका कमल सुवेदी उमेर हदका कारण यहि कार्तिकमा सेवा निवृत हुनुभएको हो ।