आज चुनाव प्रचारको अन्तिम दिन

१८ मंसिर । मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार गर्दै छन । आज रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलका नेता र उम्मेदवार सोमबार अन्तिम चरणको प्रचारमा जुट्ने भएका हुन् ।
आउँदो विहीबार हुने ४५ जिल्लाको चुनाबका लागि सोमबार मध्यरातिदेखि चुनाव नसकुन्जेलसम्म दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । मौन अवधिमा प्रचार प्रसार र मत माग्न पाईंदैन साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।
मौन अवधि सुरु भएपछि सभा सम्मेलन घरदैलो लगायत कार्यक्रम गर्न नपाइने मात्र होइन, फेसबुक ट्वीटर, यु ट्युव लगायत सामाजिक सञ्जाल तथा एसएमएसमार्फत पनि भोट माग्न वा कुनै उम्मेदवार र पार्टीको प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
यसैबिच सोमबारसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ । दोश्रो चरणमा चुनाव हुने सवै क्षेत्रमा सोमबारसम्म कर्मचारी पुगिसक्ने र मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

The post आज चुनाव प्रचारको अन्तिम दिन appeared first on kayakairan.com.