गैंडा नियन्त्रणका लागि आन्दोलित, ‘गैँडाकोट’ नगरपालिकामा नारावाजी

गैंडा नियन्त्रणका लागि आन्दोलित, ‘गैँडाकोट’ नगरपालिकामा नारावाजी

'गैँडाकोट' – गैंडाले बस्तीमा प्रवेश गरेर सताउन थालेपछि 'गैँडाकोट'का कृषकहरु आन्दोलित भएका छन् । गैंडा नियन्त्रणका लागि दबाब स्वरुप 'गैँडाकोट' नगरपालिकामा नारावाजी गरेका छन् । नाराबाजी पछि 'गैँडाकोट' नगरपालिकाका प्रमुख छत्रराज पौडेलले ३ दिन भित्र गैंडा नियन्त्रण गर्नेगरी काम अगाडी बढाउने बताएपछि उनिहरु साम्य भएका थिए । गैंडा पिडतले गैंडा नियन्त्रणसँगै ४० लाखको छतिपुर्ती माग गरेका छन् । माग पुरा नभए सडक अबरुद्ध गर्ने बताएका छन् । एउटा बच्चा सहितको ३÷४ वटा गैंडाले 'गैँडाकोट'मा आतंक मच्चाइरहेको स्थानीयले बताएका छन् । गैंडाले बस्तीमा लगाएको तरकारी तथा मकैबालीमा क्षति पु¥याएको छ । 'गैँडाकोट' ६, ७, ८ र ९ नम्बर वडाका नारायणी नदी किनारका बस्तीमा एक्लै हिँडडुल गर्न स्थानीय त्रसित बनेका छन् । गैंडाले बस्तीमा प्रवेश गरेर सताउन थालेपछि 'गैँडाकोट'का कृषकहरु गैंडा नियन्त्रणका लागि दबाब स्वरुप राजमार्ग नै बन्द गर्ने मनस्थितिमा पुगेका छन् । पटक–पटक आग्रह गर्दा पनि गैंडा नियन्त्रणमा कसैले चासो नदिएको भन्दै 'गैँडाकोट'का गैंडापीडितहरु आन्दोलन नै गर्ने मनस्थितिमा पुगेका हुन् । लगातार बस्तीमा प्रवेश गरेका गैंडाले बालीनालीमा क्षति पु¥याउदै आएको छ । कृषक नगर महासंघ 'गैँडाकोट'का संयोजक तिलक कंडेलले ४ वटा वडामा दैनिक ५० हजार भन्दा बढीको क्षति बनाउने गरेको बताउनुभयो । 'गैँडाकोट' ८ का हरि सापकोटाले तोरी तथा मकैबालीमा क्षति पु¥याएको बताउनुभयो । उहाँले गैंडाले क्षति पु¥याएको मकै गाईवस्तुलाई खुवाइएको बताउँदै धेरै नै क्षति गरेपछि पोस्करसहित सुकाएर नै राखेको बताउनुभयो । उहाँले सो वापतको क्षतिपूर्ति दिलाइदिन पनि माग गर्नुभएको छ । यसअघि बस्तीमा प्रवेश गरेका गैंडा जंगल फर्काउन चितवन राष्ट्रिय निकुञ्जको टोली एक हप्ता 'गैँडाकोट'मा नै बसेर गैंडा धपाएको थियो । त्यसपछि केही दिन साम्य भएपनि सो समस्या पुनः दोहरिएको हो । दीर्घकालीन समाधान नभए पनि केही समयलाई शान्ति हुने भन्दै ५ वटा हात्तीको सहायतामा गैंडा धपाएका थिए । स्थानीयले यसलाई निकुञ्जको झारा टार्ने काम भएको प्रतिक्रिया दिएका छन् । नारायणी नदी किनारमा रहेको सिसौघारी तथा नारायणीले बनाएको भंगालोमा गैंडाको वासस्थान रहेको छ । विशेषतः चितवन राष्ट्रिय निकुञ्ज तथा ज्ञानेश्वर सामुदायिक वन चितवनबाट नारायणी नदी तरेर गैंडा आउने गरेको छ ।