कालिका माध्यमिक विद्यालय ४२ औं वर्षमा प्रवेश ।

कालिका माध्यमिक विद्यालय ४२ औं वर्षमा प्रवेश ।

मंसीर २७ । कालिका माध्यमिक विद्यालय गैँडाकोटले बुधवार आफ्नो ४२ औं वार्षिकोत्सब तथा अभिभाबक दिवस मनाएको छ । विद्यालयको प्राग्गणमा भएको बार्षिकोत्सब समारोहमा वोल्दै गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले गैँडाकोट पुरानो विद्यालय कालिका माध्यमिक विद्यालयको शैक्षिक विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको वताउनुभयो । आफु विद्यालयको पुर्व व्यवस्थापन समिति अध्यक्ष र अभिभाबक पनि भएकाले विद्यालयको भौतिक र शैक्षिक विकासका लागि लागिरहने नगर प्रमुख पौडेलको प्रतिवद्धता थियो । नगर उपप्रमुख विष्णु कुमारी कँडेले आफ्नै आगनको विद्यालय भएकाले पनि कालिका माध्यमिक विद्यालयसँग आत्मियता कसिलो रहेकाले विद्यालयले थालेको सकारात्मक अभियानमा आफ्नो साथ रहने वताउनुभयो । नगर शिक्षा अधिकृत ऋषिरमा शर्माले विद्यालयको अहिलेसम्मको उपलब्धी सन्तोषजनक रहेको उल्लेख गर्दै अझै शैक्षिक विकासको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शालिकराम सापकोटा, पुर्व अध्यक्षहरु शालिकराम सापकोटा, करुणासागर सुवेदी, निवर्तमान प्रधानाध्यापक एवं अक्षयकोषदाता कमल सुवेदी, लगायतले शुभकामना मन्तब्य राख्दै आफ्नो कार्यकालमा भएका उपलब्धीका विषयमा चर्चा गर्नुभएको थियो । त्यस्तै पुर्व विद्यार्थी संगिता शर्मा, नारायाणी सामुदायिक बनका अध्यक्ष खगराज सापकोटा, जयश्री सामुदायिक बनका उपाध्यक्ष दानबहादुर क्षेत्री, जनक मावीका प्रधानाध्यापक वुद्धीसागर पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो । विविध सांस्कृतिक कार्यक्रम सहित भएको अभिभाबक दिवसमा विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा १४५१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । उहाँले निवर्तमान प्रधानाध्यापक कमल सुवेदीले गरिब तथा जेहेन्दार विद्यार्थीकालागि १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेकोमा धन्याद दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा यसबर्ष शैक्षिक उपलब्धी हासिल गरेका विद्यार्थीहरुलाई नगर शिक्षा अधिकारी राजु बानियाले पुरस्कार वितरण गर्नुभएको थियो । ४२ औं वार्षिकोत्सबका अवसरमा गरिएको साताव्यापी खेलकुद कार्यक्रमको विहीवार समापन गर्दै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । वि.स. २०३३ सालमा स्थापित कालिका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ ।