तीनै तहका जनप्रतिनिधिबीच छलफल

नवलपुर । नवलपुरका ३ तहका जनप्रतिनिधिहरुबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संविधान जारी भएसँगै हालै सम्पन्न निर्वाचनपछि तीन तहका जनप्रतिनिधिबीच गैँडाकोटमा पहिलोपटक छलफल भएको हो ।
भेटघाटका क्रममा नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सशांक कोइराला, प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली र गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलबीच भेटघाट भएको हो । भेटघाटका क्रममा गैँडाकोट नगरपालिकाको समग्र विकास र पछिल्लो समय निम्तिएको गैँडा आतंकको स्थायी समाधानबारे छलफल भएको थियो ।
गैँडाकोट नगरीलाई सुन्दर, शान्त र समृद्ध बनाउन आफूहरु एक भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख पौडेलको निवासमा भएको भेटघाटका क्रममा नगरप्रमुख पौडेलले नव निर्वाचित, प्रतिनिधिसभा सदस्य कोइराला र प्रदेशसभा सदस्य नेपालीलाई बधाई ज्ञापन गरे ।
निर्वाचन सकिएको केही दिनपछि नवलपुरको गैँडाकोटमा, दुई फरक राजनीतिक दलका जनप्रतिनिधिबीच भएको यस भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

The post तीनै तहका जनप्रतिनिधिबीच छलफल appeared first on चितवन पोष्ट.