दुर्घटना न्यूनीकरणका लागि बाटो निर्माण

नारायणगढ । युथ क्लब नारायणगढको सक्रियता तथा लगानीमा भरतपुर महानगरपालिका वडा नं १ को भगवती टोलअन्तर्गत नदी किनार बाटोमा परेको खाल्डो व्यवस्थापनको लागि संस्थाले बाटो ढलान गरेको छ ।
पुलचोकमा हुने ट्राफिक जाम तथा चेकिङ्गको कारण धेरै यातायातको साधन यही बाटो नारायणी नदी पुलबाट भित्री बाटो हँुदै आँपटारी जाने गरेका छन् ।
संस्था अगाडि रहेको बाटोमा ठूलै खाल्डो परेको र समय–समयमा बाटोमा दुर्घटना हुने र धूलो बढी उड्ने भएकोले संस्थाले बाटो ढलान गरेको हो । बाटो ढलानपछि अब दुर्घटनामा न्यूनीकरण हुने आशा गरिएको छ ।
बाटो निर्माणमा संस्थाका अध्यक्ष भगवानकुमार जोशी, उपाध्यक्ष रामबाबु श्रेष्ठ र कार्यकारी निर्देशक दयाराम कँडेलको सहभागिता रहेको थियो ।

The post दुर्घटना न्यूनीकरणका लागि बाटो निर्माण appeared first on चितवन पोष्ट.