मोडुलर स्वीचबारे इलेक्ट्रिसियन प्रशिक्षण

भरतपुर । चितवनको नारायणगढमा राठी गु्रपले लामो समयदेखि इलेक्ट्रिसियन पेसामा रहेका इलेक्ट्रिसियनसँग अन्तक्र्रिया र मोडुलर स्वीचको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार चितवन र नवलपरासीका १२४ जना इलेक्ट्रियनहरुबीच १९० वर्ष पुरानो स्नाइडर इलेक्ट्रिकले हालचालै बजारमा लिएर आएको मोडुलर स्वीच र एमसीबीबारे प्रशिक्षण गरिएको थियो । स्नाइडर इलेक्ट्रिक इन्डियन प्राइभेट लिमिटेडका एसोसिएट जर्नेल म्यानेजर नेपाल, भुटान रिटेल विजनेस हेड गौतम क्षेत्रीले कार्यक्रममा मल्टिनेशनल कम्पनी स्नाइडरको उत्पादन मोडुलर स्वीच र एमसीबी नेपालमा पहिलोपटक राठी गु्रपको सहकार्यमा लिएर आएको बताए ।
गौतमले इलेक्ट्रिसियनहरुलाई प्रशिक्षण गर्दै भने– ‘समयसँगैको प्रविधिको विकासले गर्दा नेपालमा पनि विद्युत्क्षेत्रमा मोडुलर स्वीचको आवश्यकता महसुस भएकै कारण स्वीचको जगतमा लेटेस्ट टेक्नोलोजी विश्वस्तरको उत्पादन मोडुलर स्वीच र एमसीबी लिएर आएको बताए ।
उनले यो स्वीच देख्दामात्र राम्रो नभएर विद्युत्भार बोक्ने क्षमता, स्वीचको आयू पनि लामो भएको बताए । यो स्वीच फिटिङ र मर्मत दुवैको लागि सजिलो छ । यो स्वीचको प्रयोगबाट विद्युत् बचतसमेत हुने बताए ।
त्यतिमात्र हैन, करेन्ट लाग्दा यस ब्रान्डको मोडुलर स्वीच र एमसीबी प्रयोग गरेको छ भने अटोमेटिक अफ सिस्टम भएको हुँदा भौतिक र मानवीय क्षतिसमेत नहुने गौतमले बताए । अहिले स्नाइडरको नेपाली बजारमा पाँच खाले मोडुलर स्वीच आएको र त्यसका्े भिन्दाभिन्दै विशेषता बारेमा पनि प्रोजेक्टरबाट गौतमले देखाएका थिए ।

 

The post मोडुलर स्वीचबारे इलेक्ट्रिसियन प्रशिक्षण appeared first on चितवन पोष्ट.