खेलकुदका बिषयमा बालबालीकासंग अन्तरक्रिया

खेलकुदका बिषयमा बालबालीकासंग अन्तरक्रिया

गैँडाकोट ८ पुष । बालबालीकाहरुलाई खेलकुदमा आकर्षित गर्न गैँडाकोट खेलकुद समितिले बालक्लवविच अन्तरक्रिया गरेको छ । शुक्रबार गैँडाकोट क्षेत्रका १० बिद्यालयका बालक्लवमा आबद्ध बिद्यार्थीहरुसंग गरीएको अन्तरक्रियामा नेपालमा खेलकुदको अवस्था, सम्भावना र महत्वबारे बिद्यार्थीहरुलाई जानकारी गराईएको थियो । गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको अन्तक्रियामा गैँडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेलले कार्यक्रमबारे जानकारी गराउनुभयो । १९ बर्षमुनीको साफ च्याम्पीयपनसिपका बक्सींग खेलाडी थानेश्वर चालीसेले आफ्नो खेल जिवनको अनुभव बताउनुभएको थियो । गैँडाकोट महिला फुटवल क्लवकी सचिव दुर्गा घिमिरेले गैँडाकोटमा खेलकुदको अवस्था र महत्वबारे प्रकाश पार्नुभएको थियो ।