ट्राफिक तथा लागुपदार्थ अभिमुखीकरण

भरतपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बालकुमारी कलेज इकाए समितिको आयोजनामा शुक्रबार ट्राफिक अभिमुखीकरण तथा लागुपदार्थ दुव्र्यसन जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालकुमारी कलेजमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययनरत ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
रञ्जन कोइरालाको संयोजकत्व एवम् बालकुमारी कलेजका क्याम्पस प्रमुख चुननारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका सई कृष्णज्यू ठकुरीले ट्राफिक अभिमुखीकरणसम्बव्धी सहजीकरण गरेका थिए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयबाट गणेश पौडेलले लागुपदार्थ दुव्र्यसनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहजीकरण गरेको नगर विद्यार्थी विस्तारक प्रकाश शर्माले जानकारी दिए ।

The post ट्राफिक तथा लागुपदार्थ अभिमुखीकरण appeared first on चितवन पोष्ट.