मानवसेवामा दुई महिलालाई सहारा

भरतपुर । मानवसेवा आश्रमले रुकुमका दुई बेसहारालाई महिलाको उद्धार गरी सहारा दिएको छ ।
सदरमुकाम मुसिकोटबाट मनोरोगी अन्दाजी ४० वर्षीया पानकुमारी परियार र ५० वर्षीया मैया नामले परिचित दुई बेसहारालाई संरक्षण दिएको हो । उनीहरु वषौँदेखि मुसिकोट सडक किनाराहरुमा कष्टपूर्ण जीवन बिताउँदै आइरहेका थिए ।
चिसोको कारण सडकको जीवन कष्टपूर्ण बन्दै गइरहेको र सडकमा अत्यन्त जोखिम रहेको बताउँदै रुकुमका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ऋषि ढुंगानाले आश्रमलाई संरक्षण दिन अनुरोध गरेका थिए ।
हाल दुवै जनालाई मानवसेवा आश्रमको चितवन शाखामा सहारा दिइएको छ । चिकित्सकको परामर्शअनुसार औषधि सुरूवात भैसकेको चितवन शाखाकी संयोजक रुपा केसीजे जानकारी दिइन् ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपालको सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कसैले पनि कष्टपूर्ण जीवनयापन गर्न नपर्ने अवस्थाको अन्त्य गर्ने संस्थाको योजना रहेको जनाएको छ ।
हाल मानवसेवा आश्रम आठ जिल्लामा सञ्चालित छ भने थप ५ जिल्लामा सेवा विस्तारको तयारी भइरहेको छ ।

The post मानवसेवामा दुई महिलालाई सहारा appeared first on चितवन पोष्ट.