उदयपुर वनको साधारण सभा सम्पन्न

खोलेसिमल । कालिका नगरपालिका वडा नं. ७ सगुनटोल स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि प्रदेशसभा चितवन क्षेत्र नं. २ ‘क’ का सांसद घनश्याम दाहालले सामुदायिक वनले सामाजिकरुपमा गरेको विकास निर्माण र वन संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । सांसद दाहालले यस क्षेत्रको विकासको लागि आफू सधै लागिपर्ने बताउँदै यसै वन समूहमा पर्ने औद्योगिक क्षेत्रको निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।
स्थानीयले संरक्षण गरेको सामुदायिक वनको व्यवस्थापन गरी स्थानीयवासीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने उनले बताए । यसै क्षेत्रका हजारौं व्यक्तिहरुले रोजगार प्राप्त गर्नेमा ग्यारेन्टी गर्ने वातावरण तयार गर्न समेत आफू प्रतिबद्ध रहेको सांसद दाहालले बताए ।
संस्थाका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लामाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा हालै भारतको कोलकातामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता स्थानीय फूलमाया कुमाललाई दोसल्लासहित नगद रकमले सम्मान गरिएको थियो ।
त्यस्तै वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका वन समूहका उपभोक्ता कृष्णबहादुर नेपाललाई पनि सम्मान गरिएको थियो । साधारण सभामा लेखासमिति संयोजक मोतिराम गजुरेलले लेखा प्रतिवेदन र अनुगमन समिति संयोजक द्रोणप्रसाद लामिछानेले अनुगमन प्रतिवदेन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालय चितवनका सहायक जिल्ला वन अधिकृत रामचन्द्र सुवेदी, कालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, जिल्ला वन समन्वय समितिका प्रतिनिधि रामध्वज डल्लाकोटी, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका प्रतिनिधि भरत ढुंगाना, थानखोला सामुदायिक वनका प्रतिनिधि लक्ष्मीनारायण चौलागाई, वन समूहका उपभोक्ताहरु शर्मिला लामिछाने र वैकुण्ठ अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

The post उदयपुर वनको साधारण सभा सम्पन्न appeared first on चितवन पोष्ट.