प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

काठमाडौं १० पुस / योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र  आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ ।

तर, काठमाडौं भृकुटीमण्डपस्थित नेपाल संस्कृत विश्वविद्यालयको आंगिक कलेज वाल्मीकि विद्यापीठको  वेधशाला जीर्ण बन्दा विद्यार्थीले प्रयोगात्मक कार्य गर्न पाएका छैनन् । यो कोठामा विद्यार्थीको साटो माकुराको जालो, मुसा दगुडिरहेको, साङ्लाहरू यताउता उफ्रिरहेका भेटिन्छन् । कोठाभरि धुलो र फोहोरले भरिपूर्ण बेधशाला कुनै खण्डर जस्तो देखिन्छ ।

दस वर्षअघि मात्र यस कलेजमा ज्योतिष शास्त्रका विद्यार्थीले ग्रह, तारा, नक्षत्रलगायतका खगोलीय पिण्डहरूको गतिविधिबारे प्रयोगात्मक अध्ययन गर्न बेधशालाको टेलिस्कोप, थियोटी लाइटलगायतका उपकरण प्रयोग गर्थे ।

जापानबाट किनेर ल्याएका टेलिस्कोपबाट खगोलिय पिण्डहरूको प्रयोगात्मक अध्ययन गर्थे । ग्रह, तारा, नक्षत्रको दुरी गणना गर्न आधुनिक क्याल्क