टोल बिकास संस्था एकलौटी गठन गरिएको भन्दै स्थानियको विरोध

टोल बिकास संस्था एकलौटी गठन गरिएको भन्दै स्थानियको विरोध

गैंडाकोट, १२ पौस ।
गैँडाकोट नगरपालिका वडा नंम्बर–१५ मा टोल बिकास संस्था एकलौटी गठन गरिएको भन्दै स्थानियले विरोध जनाएका छन् । गत पौस–११ गते अमृतधारा टोल बिकास समितीको भेलामा नेपाली कांग्रेश समर्थित केहि ब्यक्तिहरुले एकलौटी गरि समिती गठन गरेको, समितीका पुर्व सल्लाहकार मणिराम कंडेलले बताउनुभएको छ ।

कंडेलले समिती गठन गर्दा आफुहरुलाई पाखा लगाएर बिधि मिचेर अगाडी बढेको आरोप लगाउनुभयो । टोल बिकास संस्था टोलबासीको साझाँ गहना भएपनि सबैको सहभागिता नरहने गरि मिचिएको सोहि टोल बासी खड्क बहादुर खड्काले बताउनुभएको छ ।
आफुहरुलाई बिकासमुलक गतिबिधीमा बञ्चित गरिएकोले, करिब ३० घर परिवारले बिरोध जनाएको सल्लाहकार कंडेलले जानकारी दिनुभएको छ ।

गैँडाकोट १५ को अमृतधारा टोल बिकास संस्थामा एकलौटी गरेपछि, स्थानियको बिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *