नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्य अबस्थाको लगत राख्न जिल्ला जनस्वास्थ्य अधिकृत महतोको निर्देशन ।

नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्य अबस्थाको लगत राख्न जिल्ला जनस्वास्थ्य अधिकृत महतोको निर्देशन ।

गैँडाकोट १४ पुष ।


जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोले गैँडाकोट नगरभित्रका सबै स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखालाई नगरबासिको सम्पुर्ण स्वास्थ्य अवस्थाको तत्काल लगत राख्न निर्देशन दिनुभएको छ । गैँडाकोट नगरपालिकामा स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गर्दै जिल्ला जनस्वास्थ्य प्रमुख महतोले लगत राख्ने र समस्या समाधान गर्न तत्काल पहल गर्न पनि निर्देशन दिनुभयो ।
नयाँ संबिधानले व्यवस्था गरेअनुसार जिल्ला जनस्वास्थ्यको मातहतमा रहेका नगरभित्रका सबै स्वास्थ्य संस्था र नगरस्वास्थ्य शाखा आज नगरपालिकाका मेयर छत्रराज पौडेललाई हस्तान्तरण गरीएको हो । हस्तान्तरण गर्दै अरुण कुमार महतोले अब सम्पुर्ण जिम्मेवारी नगरपालिकामा आएको स्मरण गराउनुभयो ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरका प्रमुख पौडेलले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई चुस्त दुरुस्त रुपमा काम गर्न निर्देशन दिदै उत्कृष्ट काम गर्नेलाई पुरस्कार र जिम्मेवारी ननिभाउनेलाई दण्ड दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले स्थनीय निकायलाई संस्था हस्तान्तरण गरेसंगै जिम्मेवारी बोध भएको र अब अझै उत्साहका साथ काम गर्ने वचनबद्धता ब्यक्त गर्नुभयो ।
गैँडाकोट नगरपालिका नगर स्वास्थ्य प्रमुख ईन्द्रराज शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निवार्चीत जनप्रतीनिधी विभिन्न स्वास्थ्य संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।