बालमैत्री बनाउन ३९ वटै सुचकहरु पुरा गर्ने प्रतीबद्धतामा हस्ताक्षर

बालमैत्री बनाउन ३९ वटै सुचकहरु पुरा गर्ने प्रतीबद्धतामा हस्ताक्षर

गैँडाकोट १५ पुष ।


गैँडाकोट नगरपालिकाले आयोजना गरेको दुई दिने बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणासम्बन्धी कार्यशालाका सहभागीहरुले गैँडाकोट नगरपालिकालाई बालमैत्री बनाउन ३९ वटै सुचकहरु पुरा गर्ने प्रतीबद्धतामा हस्ताक्षर गरेका छन् । शुक्रबार हिमालयन बेन्क्युट तथा रेष्टुरेन्टमा अयोजना भएको कार्यक्रममा वडा तहबाटै बालमैत्री स्थानीय शासन लागु गराउन ३९ वटा सुचकहरु पुरा गर्ने बिषयमा दुई दिनसम्म छलफल चलेको थियो । छलफलको समापनका अवसरमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बालमैत्री नगर बनाउने बिषयमा उपस्थित सबै जनप्रतीनिधी बिद्यालयका सञ्चालक तथा प्राध्यापक विभिन्न सरोकारवालाहरु लाई प्रतीबद्धता गराउनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख पौडेलले आगामी बैशाखभित्र नै २ वडा वडा छनौट गरी बालमैत्री घोषणा गर्ने प्रतीबद्धता जनाउनुभयो । प्रारम्भीक चरणमा वडा नं १, २, ११ र १८ वडालाई शुक्रबार नै छनौट गरीएको छ । यि मध्ये २ वडा पछि छनौट हुनेछन् । प्रमुख पौडेलले नगरपालकमा बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा निरन्तरताका लागी फोकल पर्सन तोक्ने पनि बताउनुभएको छ । हालसम्म नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम सामाजीक परिचालकहरुले हेरीरहेका थिए ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले नगरभित्रका हरेक संयन्त्रलाई बालमैत्री बनाउन भरमग्दुर प्रयत्न भैरहेको बताउनुभयो । उहाँले अब बन्ने जुनकुनै संरचना बालमैत्री बनाउन सबै सरोकारवालालाई अपिल गर्नुभएको छ । कार्यक्रममा गैँडाकोट वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी र गैँडाकोट ईग्लीस स्कुलका प्राचार्य हिरालाल अर्यालले नगरपालिकालाई बालमैत्री बनाउने सवालमा आफुहरुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । बालमैत्री स्थानीय शासन सम्बन्धी राष्ट्रिय प्रशिक्षक कृष्ण्प्रसाद चर्तुवेदीले प्रशिक्षण दिनुभएको कार्यक्रमको सहजीकरण गैँडाकोट नगरपालिकाकी गिता शर्माले गर्नुभएको थियो ।