नाथे प्रश्न बनाउन थालेको ३० वर्ष भयो, हामीलाई सिकाउने !

कुरा प्रश्नपत्रकाः  समस्या मनोवृतिमा

करिब आठ वर्ष अगाडि एक शिक्षकका नेताले प्रश्न निर्माण सम्बन्धी कार्यशालामा “नाथे प्रश्न बनाउन थालेको तीस वर्ष भयो, हामीलाई सिकाउन खोज्ने ।” भन्नु भएको कुरा मेरो सम्झनामा छ ।

म सँग जवाफ केही थिएन र चुपचाप सुनिरहे । प्रश्न बनाउने सैद्धान्तिक ज्ञानको सानो पोको मात्र थियो म सँग । त्यो सैद्धान्तिक ज्ञानको पोको पनि त्यही बी.एड. एम.एड. मा पढेका कुरा थिए जुन कुरा कार्यशालामा सहभागी भएका शिक्षकहरूले पनि पढ्नु भएकै थियो । मैले अन्यत्रैको विद्यालयका केही थान प्रश्न लिएर गएको थिएँ, जहाँ प्रशस्त समस्याहरू थिए ।

शिक्षकको पेसागत सङ्गठनकै नेतृत्व गर्ने शिक्षकले कार्यशालाको शुरुवात गर्ने क्रममै भन्नु भएको माथिको वाक्य मस्तिष्कमा घुमिरहेको थियो । अचानक एउटा चुनौतिको पहाडले थिचे जस्तो महशुष भइरहेको थियो । के गर्ने के नगर्ने अलमल थपिएको थियो । कार्यशालाको उदघाट्न, उद्देश्य र परिचयको कार्यक्रम सकाएर, सिधै विषयगत रूपमा समूह विभाजन गरियो ।

शिक्षकहरूलाई विद्यालयमा प्रयोग भएका प्रश्नपत्र र पा