विजय एफ एमको ‘हाम्रो नगर’ मा सापकोटाले भने – “दोस्रो गैँडाकोट महोत्सवमा डेढ लाख अवलोकन कर्ता आउँछन”

विजय एफ एमको ‘हाम्रो नगर’ मा सापकोटाले भने – “दोस्रो गैँडाकोट महोत्सवमा डेढ लाख अवलोकन कर्ता आउँछन”

गैँडाकोट, १९ पौष । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवमा डेढ लाख अवलोकन कर्ता भित्राउने गरी तयारी भइरहेको प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । विजय एफ एम बाट प्रसारित कार्यक्रम हाम्रो नगरमा बोल्दै सापकोटा भन्नुभयो “दोस्रो गैँडाकोट महोत्सवमा डेढ लाख अवलोकन कर्ता आउँछन”

गैँडाकोट सानको रुपमा लिइएको गैँडाकोट महोत्सवको तयारी भइरहेको छ । आन्तरिक तयारी करिब करिब अन्तिम चरणमा पुगेको र गैँडाकोट २ को नारायणी किनार नारायणी पुल मुनीको प्रदर्शनी स्थलमा हुन लागेको महोत्सवमा अहिले स्टल निर्माणको काम धमाधम भइरहेको सापकोटाले बताउनुभयो ।

 

सापकोटाका अनुसार प्रदर्शनी स्थलमा ३ सय ५० स्टल रहने र अहिलेसम्म ३ सय २० भन्दा बढी स्टल बुकिङ भैसकेको बताउनुभयो । एउटा स्टल बुकिङका लागि १० हजार देखि ३० हजारसम्म लाग्ने बताइएको छ । महोत्सवमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्राष्ट्रिय उत्पादनका स्टल समेत रहने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ ।